गार्डेन एफसी, संगम क्लब, आयोजक सेतो र एलजी ‘अमन स्मृति कप’ को अन्तिम चारमा

 अर्थ बुलेटिन संवाददाता   ४ माघ, २०७६



पोखरा । भ्याली स्पोर्ट्स क्लब रामबजारको आयोजनामा जारी तेस्रो ‘अमन गुरुङ स्मृति सेभेन ए साईड फुटबल प्रतियोगिता’ को अन्तिम चारमा गार्डेन एफसी, सँगम क्लब आयोजक सेतो  र एलजी एशोसियसन प्रवेश गरेको छ ।

पोखरा महानगरपालिका –१५ कोलपाटनको रेम्बो एकेडेमी होम्सको खेल मैदानमा शुक्रबार  भएको क्वाटरफाईनलका खेलबाट जित निकाल्दै सेमीफाईनलमा प्रवेश गरेको हो ।

पहिलो क्वाटरफाईनलको खेलमा गार्डेन एफसीले बुद्धटोल युवा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै गार्डेन अन्तिम चारमा प्रवेश गर्याे । गार्डेनको जितका लागि म्यान अफ दि म्याच बनेका मुकेश श्रेष्ठले १८ औं मिनेटमा निर्णायक गोलको योगदान दिए । बुद्धटोलले खेल अवधिभर पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा क्वाटरफाईनलबाटै बाहिरियो ।

दोस्रो खेलमा सँगम क्लबले आयोजक पहेँलोलाई २–० गोल अन्तरले हराउदै सेमिफाईनलको यात्रा तय गर्याे । सँगमको जितमा सुमित श्रेष्ठले २८ औं मिनेटमा र टंक प्रसाद गुरुङले ३८ औं मिनेटमा समान १÷१ गोल गरे । उक्त खेलबाट म्यान अफ दि म्याचका रुपमा सुमित श्रेष्ठ पुरस्कृत भए ।

तेस्रो क्वाटरफाईनल खेलमा आयोजक टिम सेतोले युनाईटेड क्लब माथि ६–१ को फराकिलो जित निकाल्दै अन्तिम चारको स्थान सुरक्षित गर्याे ।

आयोजकको जितमा टिम कप्तान समेत रहेका अजय श्रेष्ठले पहिलो गोल १२ औं मिनेटमा र अर्काे गोल ३४ औं मिनेटमा गरे । त्यस्तै दिनेश राजबंशीले ३१ औं मिनेटमा १ गोलको योगदान दिए भने सुनिल गोतामेले खेलको ११, ३९ र ४० औं मिनेटमा ३ गोल गर्दै ह्याट्रिक पुरा गरे  । सो खेलबाट आयोजकका टिम कप्तान अजय श्रेष्ठ म्यान अफ दि म्याचको हकदार बने ।

यसअघि खेलको १५ औं मिनेटमा युनाईटडका अभिषेक श्रेष्ठले सान्त्वना १ गोल फर्काएका थिए ।

एलजी एशोसियसन र तारा एफसी बिच भएको अन्तिम क्वाटरफाईनल खेल निर्धारित समयमा गोलरहित भएपछि ट्राईबेकरमा एलजीले २–१ गोलले जित निकाल्यो । उक्त खेलबाट एलजीका गोलरक्षक आकाश रानाभाट म्यान अफ दि म्याचबाट पुरस्कृत बने ।

प्रतियोगिताको सेमिफाईनल खेल शनिबार बिहान र फाईनल खेल दिउँसो १ बजे हुने प्रतियोगिता संयोजक



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation