इटहरीमा अन्तरविद्यालय फुटवल प्रतियोगिताको उपाधी जनता माविलाई

 अर्थ बुलेटिन संवाददाता   १३ माघ, २०७६



इटहरी । इटहरी उपमहानगरले आयोजना गरेको अन्तरविद्यालय स्तरीय छात्रा फुटवल प्रतियोगिताको उपाधी जनता माध्यमिक विद्यालय इटहरीले जीतेको छ । फाइनल खेलमा राष्ट्रिय माविलाई ४ –१ अन्तरले पराजीत गर्दै उपाधी उचालेको हो । जनता स्कुलले नगद ४६ हजार, शिल्ड र प्रमाण पत्र हात पारेको छ ।

उपविजेता राष्ट्रिय माविले २५ हजार शिल्ड र प्रमाणपत्रमा चित्त वुझाएको छ । माघ ९ गते देखि सुरु प्रतियोगितामा इटहरीका १७ वटा विद्यालयका छात्रा टिम सहभागि थिए । पुरस्कार वितरण पछि इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले उपमहानगरले ६० जना छात्रालाई तालिम दिएर प्रतियोगिता समेत संचालन गरेको वताए ।

उनले नगरस्तरीय मात्र होइन इटहरीवाट राष्ट्र, अन्तराष्ट्रस्तर सम्म खेल्न सक्ने महिला खेलाडी उत्पादन हुनुपर्नेमा जोड दिए  । इटहरी उपमहानगरले गत बर्षदेखि अन्तरविद्यालय स्तरीय छात्रा फुटवल प्रतियोगिता सुरु गरेको हो । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation