एपीएफ टोलीद्वारा लागूऔषधसहित तीन जना पक्राउ

 अर्थबुलेटिन संवाददाता   २५ फागुन, २०७७



काठमाडौं । सुनसरी जिल्लाको कोशी गाउँपालिका ३ पूर्वी भन्सार सीमा ईलाकाबाट फागुन २४ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा को ११ प ८१८४ नम्बरको मोटरसाईकलमा सवार सोही जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका १ बस्ने २१ वर्षिय जयनारायण उराउ तथा सोही जिल्लाकै बराहक्षेत्र नगरपालिका १० बस्ने ३६ वर्षिय गणेश यादव र साईकलमा सवार सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका ३ बस्ने २२ वर्षिय सन्तोष मण्डल छन् ।

उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट लौकहीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । गस्तीमा एपीएफ टोलीले उनीहरुलाई शंका लागि जाँच गर्दा उनीहरुको साथमा स्पास्मो प्रोक्सिभन क्याप्सुल २ सय १६ वटा, नाईट्रोजन ट्याब्लेट १७ वटा र डाईलेक्स डिसी ५ बोतल फेला परेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले त्यसवेला उनीहरुले प्रयोग गरेको उक्त मोटरसाईकल तथा साईकल समेत बरामद गरेको छ ।

पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा मोटरसाइकल र साईकलसहित आवश्यक कारवाहीको लागि ईप्रका लौकहीमा बुझाईएको छ । यसैगरी झापा जिल्लाको मेचीनगर नगरपालिका ७ गैरीगाउँ स्थित सीमा ईलाकाबाट फागुन २४ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित सोही जिल्लाको बिर्तामोड नगरपालिका ४ बस्ने ३० वर्षिय दिलिपकुमार माझीलाइ पक्राउ गरेको छ ।

उनलाई सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा वेश फोहोरमैलाबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा लुपिजेसिक ५ वटा,
फेनारगन ५ वटा र डाईजिपाम ५ वटा फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका निज माझीलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि ईप्रका काँकडभिट्टामा बुझाइएको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation