२४ घण्टामा थपिए १०४ जना कोरोना संक्रमित, ६३ जना निको भए

 अर्थबुलेटिन संवाददाता   २६ फागुन, २०७७



काठमाडौं ।  पछिल्लो २४ घण्टामा देशभर थप १०४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार  करिब ३ हजारको परीक्षण गर्दा उक्त संख्यामा संक्रमित भेटिएका हुन् ।  यससँगै कुल संक्रमितको संख्या २ लाख ७४ हजार ९ सय ७३ जना पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ६३ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या २ लाख ७० हजार ५० जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ९ सय ११ जना रहेको छ ।

२४ घण्टामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ३ हजार १२ जना पुगेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा २२ लाख ३ हजार ४ सय ३८ जनाको पीसीआर परीक्षण भइसकेको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation