चोरीपैठारीको सामान बरामद

 अर्थबुलेटिन संवाददाता   २६ फागुन, २०७७



काठमाडौं । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट भुजहवाबाट खटिएको एपीएफ टोलीले फागुन २६ गते करीब २ लाख ९३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न कम्पनीको १६ वटा मोवाईल सेट बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त मोवाईल सेटहरु पश्चिम नवलपारासी जिल्लाको सरावल गाँउपालिका ७ स्थित गणेशपुरबाट बरामद गरिएको हो। बरामद मोवाईल सेट स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा पोष्ट सनपूmलवाबाट खटिएको एपीएफ टोलीले फागुन २६ गते करीब १ लाख ३८ हजार रुपैयाँ बराबरको औषधी बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त औषधी बारा जिल्लाको सुवर्णपुर गाँउपालिका ७ स्थित बड्की फुलबरियाबाट बरामद गरिएको हो ।  एपीएफ टोलीले बरामद औषध भन्सार कार्यालय बिरगंजमा बुझाएको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation