२४ घण्टामा देशभर थपिए ४८ कोरोना संक्रमित, ६१ जना निको भए

 अर्थबुलेटिन संवाददाता   २८ फागुन, २०७७



काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४८ जना कोरोना संक्रमित थपिएका छन्।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  योसँगै कुल संक्रमितको संख्या २ लाख ७५ हजार ११८ जना पुगेको छ। जसमध्ये ९ सय २९ जना सक्रिय संक्रमित छन्।

त्यस्तै, गत २४ घण्टामा २ हजार ५ सय १२ जनाको पिसिआर परीक्षण गर्दा ४८ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २२ लाख १० हजार ४३४ पुगेको छ।

गत २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन। हाल ५१ जना क्वारेन्टाइनमा छन्। गत २४ घण्टामा ६१ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७१ हजार १७७ पुगेको मन्त्रालयले जनाएको छ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation