त्रिवि प्रजातान्त्रवादी आंशिक प्राध्यापक केन्द्रीय संघ गठनपुराना संघहरुमा भएका प्रजातान्त्रीकका सबै पदाधिकारी बदर

 अर्थ बुलेटिन   ११ भदौ, २०७८



काठमाडौं । विभिन्न राजनितिक पार्टीहरु निकट त्रिविका आंशिक शिक्षकहरुको केन्द्रीय संघहरु तदारुकताका साथ गठन हुन थालेका छन् । 

प्रजातन्त्रवादी आंशिक प्राध्यापक संघले केहि दिन अघि जुममार्फत राष्ट्रिय भेला गर्दै केन्द्रीय संघ गठन गरेको नवगठित केन्द्रीय संघका महासचिव किरण भट्टले बताउनुभयो । 

इन्द्रदेब यादवको अध्यक्षता (नेतृत्व) मा २९ सदस्यीय केन्द्रीय समिति गठन गरिएको एक विज्ञप्ती मार्फत जनाइएको छ । नवगठित संघको सह अध्यक्षमा ८ जना, उपाध्यक्षमा ७ जना, महासचिवमा ३ जना, सचिवमा ३ जना, कोषाध्यक्षमा १ जना र सदस्यमा ६ जना रहनुभएको छ ।

अध्यक्ष यादवले अर्थ बुलेटिनसंग कुरा गर्दै देशभरका साथिहरुले दिनुभएको जिम्मेवारीले आफुलाई थप उत्साहित बनाएको र यो समिति आंशिकका पक्षमा भएका सबैखालका कार्यहरुलाई सकारात्मक समन्वय गर्दै करारको प्रक्रिया टुङगोमा पुर्याउन यो संघले अहम भूमिका खेल्ने बताउनुभयो । उहाँले थप्नुभयो “देशैभरका कलेजहरु छुटेका साथिहरु सबैलाई उचित स्थान दिदै प्रतिनिधित्व गराउदै यसलाई छिटै पूर्णता दिनेछौ ।”

पुराना संघहरुमा भएका प्रजातान्त्रीकका सबै पदाधिकारी बदर

यसैबिच नवगठित केन्द्रीय संघको पहिलो बैठकले विगतमा विभिन्न समयमा स्थापित नेपाल आंशिक प्राध्यापक संघ र त्रि.वि.आंशिक प्राध्यापक संघको केन्द्रीय समिति तथा मातहतको समितिमा प्रजातन्त्रवादी आंशिक प्राध्यापक संघको प्रतिनिधिको रुपमा रहेका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु आजैका मितिदेखि नरहने र प्रजातन्त्रवादी आंशिक प्राध्यापक संघ केन्द्रीय समितिको आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिलाई पूर्णरुपमा साथ, सहयोग र समर्थन रहेको नवगठित संघको पहिलो बैठकवाट निर्णय गरेको केन्द्रीय अध्यक्ष इन्द्रदेव यादवले बताउनु भयो ।

समितिको विज्ञप्तीः 

समितिका पदाधिकारीहरुको विवरण सहितको विज्ञप्तीः 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation