काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीको तीन-तीनमा अग्रता

 अर्थ बुलेटिन   ५ मंसिर, २०७९



काठमाडौं । काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये मतगणना भएका आठ क्षेत्रमा कांग्रेस र रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले तीन–तीन र एमालेले दुई निर्वाचन क्षेत्रमा प्रारम्भिक अग्रता लिएका छन् । मतगणना भएका काठमाडौं १, ४ र १० निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेदवार क्रमशः प्रकाशमान सिंह, गगन थापा र राजेन्द्रकुमार केसीले अग्रता लिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं ६, ७ र ८ मा अग्रता लिएको छ । काठमाडौं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल, ७ मा गणेश पराजुली र ८ मा विराजभक्त श्रेष्ठले अग्रता लिएका छन् ।काठमाडौं २ र ५ नम्बर क्षेत्रमा मतगणना हुन सकेको छैन ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation