मन्त्रिपरिषद् विस्तार गर्न भोलि गठबन्धनको बैठक

 अर्थ बुलेटिन   १३ चैत, २०७९



काठमाडौं । मन्त्रिपरिषद् विस्ताका लागि मंगलबार सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ ।

मन्त्रिपरिषद् विस्तारका लागि छलफल गर्न मंगलबार अपरान्ह ४ बजे गठबन्धनको बैठक बोलाउने शीर्षनेताहरुबीच सहमति भएको छ । 

प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच सोमबार भएको भेटवार्तामा मंगलबार गठबन्धनको बैठक राखेर मन्त्रिपरिषद् विस्तारबारे निर्णय लिने सहमति भएको हो । 

सोमबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भएको शीर्षनेताहरुबीचको छलफलले मन्त्रिपरिषद् विस्तारका लागि मंगलबार अपराह्न ४ बजे गठबन्धनको बैठक बोलाउने सहमति भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 
 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation