“फोहरी सानो रहस्य”

 शिखरनाथ खनाल   २० कार्तिक, २०७७



बबी जोन्स गल्फ खेलाडी जसले राष्ट्रिय अन्तर्राष्ट्रिय खेल खेलेका थिए करीव शताव्दी अगाडि । उनि आफ्नो इमानदारिता तथा Sportmanship  को लागि चर्चित थिए ।

बोस्टन, १९२५ मा यु एस ओपनमा उनले ११ प्वालमा बल खसाल्नको लागि सफलभए । उनले बल हान्ने क्रममा घाँस थोरै हटाएर वल सारेर हानेको भनि उभिए, उनले अधिकारीहरुलाई भने कि उनिवाट नियम १८ (वल सार्ने) को उल्लधन भएको छ तर उनिहरु राजी भएन्न् । तैपनि उनले मानेन्न उनी शान्ती पुर्वक उभिई रहे र अन्त्यमा उनीहरु राजी भए । उनले समान मार्जीन, एक स्ट्रोकले खेल हारे ।

खेल पत्रकारहरुले उनको यस ईमानदारीताको लागि खुव प्रशंसा गरे जसको जवाफमा उनले भनका थिए“You might as well praise me for not robbing banks” (इमानदारी भनेको झुट नबोल्ने मात्र होईन । यो त सत्य वोल्ने, सत्य भन्ने, सत्यमा रहने र सत्यलाई प्रेम गर्ने हो) ।

सत्यम् वद । धर्म चर। सत्यानास्ति परो धर्म । यस्ता पवित्र मन्त्र र सुक्तिहरुले हामीलाई सत्यवादिताको प्रेरणा दिइरहेका छन् । तर हामी के सत्यबोल्न सकिरहेका छौं ? हामी के सत्य बोल्न र सत्य सुन्न पाइरहेका छौं ? के हामी बस्ने परिवार, समाज, हाम्रो सामाजिक परिवेश र हामी कामगर्ने सँस्थाहरुमा सत्य बोल्ने र सत्य सुन्ने सहजता छ ? के हामी असत्य नबोल्न सकिरहेका छौं ? के हामी

सत्य बोल्दा फाइदा र सहजतामा रहन्छौं वा असत्य बोल्दा नोक्सानी र जटिलतामा पर्छौ ? प्रश्नहरु अनेक छन् सत्यको व्यवहारिक परिपालनाका सन्दर्भमा ।   हो हामी सधैं सत्य बोल्न सक्दैनौं । तथ्यलाई सहज र स्वीकार्य बनाउनकहिले सत्यलाई घुमाउने वा विभिन्न प्रसंग वा तथ्यहरुद्धारा नमीठो सत्यलाई पनि सुगर कोटिंग गरेर प्रस्तुत गर्ने गरिन्छ । सानो नानीलाई कस्तो राम्रो अक्षर लेखेको भनेर हौसला बढाइन्छ उसले लेखेको राम्रै नदेखिए पनि ।

शहरमा रहेको छोरालाई बुबा गम्भीर बिरामी हुनुहुन्छ भनेर खबर दिइन्छ वास्तवमा बुबा बितिसकेको खबर सीधै नभनेर । फिल्मको प्रिमियर शोमा ससम्मान आमन्त्रित गरिएका दर्शकहरुले हलबाट निस्कनासाथ फिल्मका कमी कमजोरी खुलेर नबताउन खोज्छन् । व्यवस्थापनलाई कन्सल्टेन्टहरुले राम्रो विकल्प यस्तो हुनसक्छ वा अन्य कम्पनीहरुको अभ्यास यस्तो छ भनेर देखाउन खोज्छन् विद्यमान अभ्यास गलत भएको सीधै नभनेर । अखबार वा मिडियाले आफ्नो समर्थित पक्षको कमीकमजोरी देखिने कुनै समाचारलाई कुनै तथ्य छलेर वा फरक तथ्यहरुसँग जोडेर प्रस्तुत गरिदिन्छ । यस्तै यस्तै उदाहरणहरु धेरै भेटिन्छन् ।

मानिस सामाजिक प्राणी हो र सामाजिक सम्बन्धहरु मानिसकालागि धेरै महत्वका कुरा हुन् । मानिससँग स्वार्थ हुन्छन्, चाहना हुन्छन् अभिलाषा हुन्छन् र जीवनमा सिक्दै आएका अनुभवका पाठ र दृष्टान्त हुन्छन् । यी कारणहरुले गर्दा मानिस सधै सत्य बोल्न सक्दैन अनि सधै सत्य सुन्ने सामथ्र्य पनि राख्दैन । अनि सबैमा सुन्ने व्यक्ति व पक्षहतोत्साहित नहुनेगरी विचलित नहुनेगरी र सही अर्थमा ग्रहण गर्न सक्नेगरी सत्य बताउने कला पनि हुदैन । यसले गर्दा कसैलाई बताइ दिनैपर्ने सत्य पनि हामी नसुनाई बस्न पुग्दछौंं ।

किम स्कटले रेडिकल क्यान्डर -Radical Candour),  विनाशकारी सहानुभुति(Ruinous Empathy), Manipulative Insincerity And Obnoxious Aggression  को व्याख्या गरेकी छन् ।  Ruinous Empathy  वा विनाशकारी सहानुभुति भन्नाले कुनै व्यक्तिले असहज वा अपमानित महसुस नगरोस् विवादगर्नु नपरोस् उसँगको सम्बन्ध नबिग्रोस् भन्ने हेतुले उसका कमी कमजोरीहरु, दिनैपर्ने सुझावहरु यथार्थ बताउनको सट्टा नबताउने वा असत्य प्रशंसा गरिदिने प्रवृत्तिलाई बुझाउँछ । यसमा व्यक्ति सत्य बताउन आट गर्दैन वा चाहदैन ।

सत्यबोलेर नजाति बनिने डरले सम्बन्ध सुचारु राख्नका लागि असत्यको सहारा लिन्छ । यसमा गलत नियत नभएतापनि परिणाम गलत हुनजान्छ । त्यसैले यो गलत प्रवृत्ति हो । यसो गर्नाले व्यक्तिले आफुमा सुधार गर्ने मौका पाउँदैन । यदि देशका प्रणालीहरुमा धेरै व्यक्तिहरु यही प्रवृत्ति अगाल्न थालेमा व्यक्ति व्यक्तिबिचको सम्बन्ध राम्रो बनिरहन सक्छ तर प्रणालीगत संरचना तथा सँस्थागत रुपमा सुधार र प्रगतिको बाटो अवरुद्ध हुनजान्छ ।

Candour भन्नाले मनमाआएको विचार वा अनुभुतिलाई प्रस्ट बताइदिने स्वभाववा एउटै शब्दमा भन्दा कट्टर स्पष्टवादिता वा खरोपन भन्ने बुझिन्छ ।  रेडिकल क्यान्डर भन्नाले मनमालागेको वाअनुभव गरेको कुरा वा देखेको कमीकमजोरी प्रस्ट र सामुन्ने नै बताइदिने स्वभावलाई बुझाउँछ । यसमा सत्य सुन्दाको असहजता वा व्यक्ति व्यक्ति बीचको सम्बन्धमा पार्ने असर भन्दापनि वास्तविक प्रशंसा र वास्तविक आलोचनालाई जोड दिने गरिन्छ ।

वास्तवमा यस्तो व्यवहारबाट वास्तविक प्रशंसा र वास्तविक आलोचनाको माध्यमबाट व्यक्तिलाई अरु थप कमजोरीहरु नगर्न सचेत रहन, सुधार गर्न र विकास गर्न सहयोग पुग्दछ । यस किसिमको स्वभाव प्रदर्शन गर्ने व्यक्तिले बनावटी प्रशंसाको गुमराहमा राख्दैन । परीपाटीको विकास र संथागत सुधारमा यस्तो प्रवृत्तिले वास्तवमा सघाउ पुर्याइरहेको हुन्छ । स्पष्ट वादिताको अभावलाई ज्याक वेल्चले धेरै सँस्थाहरुको असफलताकोे Dirty Little Secret भनेका छन् ।

शासकिय सुपर स्टकचरमा विधि मिचीदैजांदा समृद्धि सम्भाबना न्युनहदै जान्छ । कुनैपनि प्रणालीलार्ई सफल बनाउनको लागि त्यस प्रणाली का उपप्रणलीको काम र व्यवहारको बारेमा पृष्ठपोषण र मुल्यांकनको आवश्यकता हुन्छ । सही सत्य र यथार्थ पृष्ठपोषण प्रगतिको मार्गदर्शक बन्दछ ।

तर सँगसगै अर्को महत्वपुर्ण तथ्य के हो भने व्यवस्था एउटा सामुहिक पद्धति हो । यसमा व्यक्ति व्यक्ति बीचको सम्बन्धको सौहार्द्रता पनि उत्तिकै आवश्यक हुन्छ । विश्वासको सम्बन्ध बन्न नसकेमा वा सहृदयता नरहेमा कामगर्न सकिदैन । काममा सफलता आउदैन ।

त्यसैले विनाशकारी सहानुभुति र कट्टर स्पष्टवादिताको बिचमा एउटा सन्तुलन विन्दुको खोज आवश्यक हुन्छ । यसको कुनै गणितीय सुत्र वा नाप भन्दा पनि यी दुई प्रवृत्तिहरुको बिचमा उपयुक्त सन्तुलन राख्दै जानुपर्ने तथ्य प्रति सजग रहदै सही सस्थागत सँस्कार र शैलीलाई अपनाउन ध्यानदिनु अतिआवश्यक हुन्छ ।

( लेखक नेपाल बैंक लिमिटेड प्रादेशिक कार्यालय विरगंजमा कार्यरत  हुनुहुन्छ ) 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation