आयुष खतिवडा र ग्रेसी प्रधानको 'तिमी र म'

 अर्थ बुलेटिन   १२ सावन, २०७८



काठमाडौं ।  आयुष खतिवडा र ग्रेसी प्रधान फिचर्ड  'तिमी र म' बोलको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक सार्वजनिक भएको छ ।  यस गीतमा  युवा गायक आयुष खतिवडाको स्वर, संगीत र संगीत संयोजन रहेको छ ।  

प्रेमिल शैलीको  यस गीतलाई विकल खतिवडाले लेखेका हुन् ।  बहुप्रतिभाशाली गायक खतिवडा गायनसंगै बाध्यवादनमा निकै दखल राख्छन् ।  नेपालमा कम उमेरमा संगीतमा संगीत संयोजन गर्न सक्ने सायद उनि मात्रै एक युवा संगीतकर्मी हुन् ।  

झापाको बिभिन्न स्थानमा  भएको छायांकन भिडियोमा जिदेन तामाङको  छायांकन र सम्पादन रहेको छ।   भिडियोलाई विकल खतिवडाको निर्देशनमा तयार पारिएको हो ।  भिडियो गायक खतिवडाको अफ़िसिएल च्यानल मार्फत सार्वजनिक गरिएको हो ।  म्युजिक भिडियोमा दर्शक स्रोता बाट सकारत्मक प्रतिक्रिया प्राप्त भैरहेको छ ।  

भिडियो लिंक: https://www.youtube.com/watch?v=DXxuqGAZJJ8



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation