महालक्ष्मी विकास बैंकका ग्राहकहरूले यी संस्थाका सेवामा पाउँछन् छुट

 अर्थ बुलेटिन   १९ भदौ, २०८०



काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकले विभिन्न संस्थाका सेवामा विशेष छुट पाउने भएका छन्। स्वास्थ्य, श्रृंगार, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थासँगको समन्वयमा ग्राहकलाई विशेष छुट प्रदान गर्ने व्यवस्था मिलाइएको बैंकले जनाएको छ।

सम्झौताअनुसार जनकपुरधाम–९ मा रहेको नव जीवन हस्पिटल प्रालिले उपलब्ध गराउने हस्पिटल सर्भिसमा १५ प्रतिशत, फार्मेसीमा ७ प्रतिशत, अन्य परीक्षणमा २० प्रतिशत र कस्टमाइज हेल्थ प्याकेजमा २ हजार रुपैयाँ छुट पाउने छन्।

यसैगरी, हेटौंडा–४ मा रहेको क्राउन्स कलेक्सनको वुमन एसोसरिजमा १० प्रतिशत, भैरहवाको सिद्धार्थनगर–५ मा रहको न्यू बिजी बिन्सको फुड एन्ड बेभरेज सेवामा १० प्रतिशत छुट पाउने छन्। त्यस्तै, मकावनपुरको मनहरी–७ मा रहेको मनहरी हेयर एन्ड ब्युटी युनिसेक्स सैलुनले दिने ब्युटी सर्भिसमा १० प्रतिशत छुट पाउने छन्।

यसैगरी, काठमाडौंको कोटेश्वर–३२ स्थित हुक हस्पिटालिटी प्रालिको फुट एन्ड बेभरेजमा १० प्रतिशत छुट पाउने छन्। महालक्ष्मी विकास बैंकका डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरूले ती संस्थाका सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकको भनाइ छ।

यस किसिमको सहकार्यबाट बैंकका डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरू प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation