गोपाल गुम्बामा कङ्ग्युर वाचनको अठौँ दिन तोनाग घोसुम पूजा र लामा नृत्य हुने

 अर्थ बुलेटिन संवाददाता   ८ पौष, २०७६



पोखरा । पोखरा–१०,रामाघाट पल टासि छ्योलि∙ गोपाल गुम्बामा आयोजित १० दिने (कङग्युर) त्रिपिटक वाचन तथा तोनाग घोसुम पुजाको आठौं दिन विहिवार हुने तोनाग घोसुम पुजाको तयारीमा केन्द्रित रह्यो। अन्य दिनहरुमा जस्तै प्रवचन र पुजा पाठसँगै अठौँ दिनमा हुने ग्रहशान्ति पुजा, तोनाग घोसुम पुजामा सहभागी एवम लामा नृत्य अवलोकन गर्न करिब ६ हजारको संख्यामा उपस्थिति हुने भएकाले विशेष तयारीमा जुटेको लामा उर्गेनले जानकारी दिए । 

मंगलवारको वाचन तथा पुजामा पोखरा १३ कुडहरमा रहेको एकता टोल आमा समुहकी अध्यक्ष नन्दमाया तामाङसहितको समहुगत विशेष सहभागिता रहेको थियो भने कास्की, पर्वत, स्याङ्जा, तनहु, लमजुङ, गोर्खा, चितवन, रुपन्देही, काठमाडौं लगायतको भक्तजनहरुको सहभागिता रहेको थियो। 

पुस १ गतेदेखि शुरु भएको विश्व शान्तिका लागि आयोजित १९ औं संस्करणको त्रिपिटक वाचनमा गुम्बाका प्रमुख गुरु लामा गोपाल गुरुङले बौद्ध दर्शन र तोनाग घोसुम पुजाका बारेमा प्रचवन दिएका थिए ।  कङ्ग्युर पाठ वाचन तथा तोनाग घोसुम पुजाको आठौं दिन विहान ढोल्मा तारादेवी पुजा, आयु पुजा, कुरिम तथा महाकाल पुजा(ग्रहशान्ति पुजा तथा ङोवा मोनलम(पितृ पुजा) समेत गरिएको कार्यक्रममा सपासक उपासिकाका बृहत सहभागीता रहेको थियो।

यसरी नै कङ्ग्युर पाठ वाचन तथा तोनाग घोसुम पुजाको अन्तिम अर्थात समापनका दिन वाङ प्रदान गर्न परमपुज्य टुल्कु रिम्पोछे पोखरा आइपुग्नुभएको लामा फुर्वाले जानकारी दिए । 
पल टासि छ्योलि∙ गोपाल गुम्बाद्धारा आयोजित त्रिपिटक वाचन तथा पुजामा ब्रेज मेश्रों घान्द्रुक तमु समाज पोखरा, टासी छ्योलि∙ गोपाल गुम्बा आमा समुह, आठभाई बाह्र घर प्ल्हनेरों भाईखलक र रिच्हमी(चेलीबेटी)को सहयोगी रहेको छ। 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस





थप खबर

बागमती प्रदेशकाे लाइसेन्सं र ब्लु बुक अब नागरिक एपमा

बागमती प्रदेशकाे लाइसेन्सं र ब्लु बुक अब नागरिक एपमा


एप्पलको घोषणाः अब अमेरिकामा बोकिने आइफोनमा लेखिनेछ- मेड इन इन्डिया’

एप्पलको घोषणाः अब अमेरिकामा बोकिने आइफोनमा लेखिनेछ- मेड इन इन्डिया’


अर्थमन्त्री पौडेल र भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

अर्थमन्त्री पौडेल र भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

शिक्षक र सरकार बिच बार्ता असफल, आन्दोलन आज पनि जारी रहने

शिक्षक र सरकार बिच बार्ता असफल, आन्दोलन आज पनि जारी रहने


१७ अर्बको अवैध कारोबार गरेको आरोपमा २१ जना पक्राउ

१७ अर्बको अवैध कारोबार गरेको आरोपमा २१ जना पक्राउ


गगन थापासँग प्रधानमन्त्री आक्रोशित, बेडरुमसम्म बिचौलियाको पहुँच भएकाे प्रमाण दिन दिए चुनाैती

गगन थापासँग प्रधानमन्त्री आक्रोशित, बेडरुमसम्म बिचौलियाको पहुँच भएकाे प्रमाण दिन दिए चुनाैती


नेपाललाई “माउन्टेन लिडरसिपको इन्टरनेश्नल केन्द्र’ बनाउः एकनाथ ढकाल

नेपाललाई “माउन्टेन लिडरसिपको इन्टरनेश्नल केन्द्र’ बनाउः एकनाथ ढकाल


बानेश्वरमा शिक्षक र प्रहरीबिच भिडन्त, प्रहरीले फाल्यो पानीको फोहोरा

बानेश्वरमा शिक्षक र प्रहरीबिच भिडन्त, प्रहरीले फाल्यो पानीको फोहोरा


महिना दिन भयो रबिन्द्र मिश्र थुनिएको, आज फेरी अदालत लगिदैँ

महिना दिन भयो रबिन्द्र मिश्र थुनिएको, आज फेरी अदालत लगिदैँ



विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation