यो वर्षको ‘हेम बहादुर मल्ल’ पुरस्कार कुलमान र डा. सुन्दुक रुइतलाई

 अर्थ बुलेटिन संवाददाता   ९ पौष, २०७६



काठमाडौं ।  नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ र डा. सुन्दुक रुइत पुरस्कृत हुनेभएका छन् ।  नेपाल जनप्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले यो वर्षको ‘हेम बहादुर मल्ल’ पुरस्कार घिसिङ र  डा. रुइतलाई प्रदान गर्ने घोषणा गरेको हो ।   

 मंगलबार राजधानीमा  पत्रकार सम्मेलन नेपाल जनप्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले  उक्त दुई जना व्यक्तित्वलाई पुरस्कृत गर्ने घोषणा गरेको हो ।उज्यालो नेपालका अभियन्ता कुलमान घिसिङलाई नेपालमा लोडसेडिङ मुक्त गरेको र डा. सुन्दुक रोइतलाई आँखा रोग विशषेज्ञका रुपमा सम्मानित गर्न गईरहेको हो ।  आउँदो पुस  ११ गते शुक्रबार एक कार्यक्रमको आयोजनासहित उक्त पुरस्कार प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी गराईयो । 

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका पुर्व महाप्रबन्धक हेम बहादुर मल्लको कदर स्वरुप २०५९ सालमा स्थापना गरिएको उक्त पुरस्कारको राशी नगद दुई लाख रुपैयाँ रहेको छ । साथै सोही वर्षदेखि उक्त पुरस्कारबाट दुई जनालाई विशेष व्यक्तित्वहरुलाई सम्मानित गरिँदै आएको छ । 

स्व. मल्लले साल्ट ट्रेडिङ कर्पोरेसनमा करिब २५ वर्ष महाप्रबन्धकको रुपमा काम गरी कर्पोरेसनमा विशेष योगदान पुर्याएका थिए । सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटा संयोजक रहेको यस पुरस्कारको छनोट समितीमा डा हिरामणि घिमिरे, लक्ष्मीदास मानन्धर, चाँदनी जोशी र केदार खड्का सदस्य रहेका थिए ।

यसअघि उक्त पुरस्कारबाट ११ जना सम्मानित भैसकेका छन् । अहिलेसम्म सो पुरस्कारबाट सम्मानित हुनेहरुमा  डा. विमल कोईराला, अम्बिका श्रेष्ठ, खिलराज रेग्मी, उमेश मैनाली, देवेन्द्र राज पाण्डे, चादनी जोशी, केदारभक्त माथेमा, सुरेशराज शर्मा, महाविर पुन लगायत लगायत रहेका छन् । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस





थप खबर

बागमती प्रदेशकाे लाइसेन्सं र ब्लु बुक अब नागरिक एपमा

बागमती प्रदेशकाे लाइसेन्सं र ब्लु बुक अब नागरिक एपमा


एप्पलको घोषणाः अब अमेरिकामा बोकिने आइफोनमा लेखिनेछ- मेड इन इन्डिया’

एप्पलको घोषणाः अब अमेरिकामा बोकिने आइफोनमा लेखिनेछ- मेड इन इन्डिया’


अर्थमन्त्री पौडेल र भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

अर्थमन्त्री पौडेल र भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

शिक्षक र सरकार बिच बार्ता असफल, आन्दोलन आज पनि जारी रहने

शिक्षक र सरकार बिच बार्ता असफल, आन्दोलन आज पनि जारी रहने


१७ अर्बको अवैध कारोबार गरेको आरोपमा २१ जना पक्राउ

१७ अर्बको अवैध कारोबार गरेको आरोपमा २१ जना पक्राउ


गगन थापासँग प्रधानमन्त्री आक्रोशित, बेडरुमसम्म बिचौलियाको पहुँच भएकाे प्रमाण दिन दिए चुनाैती

गगन थापासँग प्रधानमन्त्री आक्रोशित, बेडरुमसम्म बिचौलियाको पहुँच भएकाे प्रमाण दिन दिए चुनाैती


नेपाललाई “माउन्टेन लिडरसिपको इन्टरनेश्नल केन्द्र’ बनाउः एकनाथ ढकाल

नेपाललाई “माउन्टेन लिडरसिपको इन्टरनेश्नल केन्द्र’ बनाउः एकनाथ ढकाल


बानेश्वरमा शिक्षक र प्रहरीबिच भिडन्त, प्रहरीले फाल्यो पानीको फोहोरा

बानेश्वरमा शिक्षक र प्रहरीबिच भिडन्त, प्रहरीले फाल्यो पानीको फोहोरा


महिना दिन भयो रबिन्द्र मिश्र थुनिएको, आज फेरी अदालत लगिदैँ

महिना दिन भयो रबिन्द्र मिश्र थुनिएको, आज फेरी अदालत लगिदैँ



विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation