

२६ बैशाख, २०८२ | 09 May, 2025
काठमाडौं । देशको अधिकांश भूभागमा यतिवेला मौसम बदलीको अवस्था रहेको छ । तराईको भूभागमा यतिवेला हुस्सु र कुहिरो लागेको छ । मौसमविद् सजिना शाक्यका अनुसार केही दिनयता तराईका क्षेत्रमा बिहानको समयमा लगातार कुहिरो लाग्दै आएको छ । यद्यपि, आज भने पोखरा आसपासको क्षेत्रमा पनि बाक्लो कुहिरो लागेको उनको भनाइ छ ।
अहिले हुस्सु र कुहिरो लागेको ठाउँमा पनि दिउँसो घाम लाग्ने सम्भावना रहेको तथा केही ठाउँको मौसम भने आशिंकदेखि सामान्य बदली रहने उनले बताईन् । उनले नेपालमा कुनै पनि नयाँ प्रणाली नदेखिएकाले अबको एक दुई दिन पानी पर्ने वा हिमपात हुने सम्भावना नरहेको उनले जनाईन् ।
आज बिहान काठमाडाको तापक्रम ३ डिग्री सेल्सियस मापन गरिएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।