कास्कीको ह्याङ्जाकोटमा पुषे पन्ध्रम तथा ल्होसार मेला हुदै‘गाँउको चिनारीको लागि हाम्रो सक्रियता’ भन्ने मुल नारा

 अर्थ बुलेटिन संवाददाता   ९ पौष, २०७६



कास्की । कास्कीको पर्यटकिय गाँउ ह्याङ्जाकोटमा पुषे पन्ध्रम तथा ल्होसार मेला हुने भएको छ । जय बराह युवा क्लबको आयोजनामा पुष २० गतेदेखि २५ गते सम्म कास्कीको माछापुच्छ«े गाँउपालिका ६ धिताल, ह्याङ्जाकोटमा मेला हुन लागेको हो । 

गुरुङहरुको महान पर्व ल्होसारको अवसरमा बर्षेनी गरिदै आएको मेलालाई यो बर्ष पनि निरन्तरता दिन लागिएको क्लबका सल्लाहकार अनिल गुरुङले बताए ।

ला २०४६ देखि गरिदै आएको उनको भनाई छ । ‘गाँउको चिनारीको लागि हाम्रो सक्रियता’ भन्ने मुल नाराको साथ हुन लागेको मेलामा वडास्तरिय पुरुष भलिवल प्रतियोगिता, खुल्ला एकल नृत्य प्रतियोगिता, छेलो हान्ने प्रतियोगिता, रसी तान्ने प्रतियोगिता गरिने मेला संयोजक सुन्दर गुरुङले जानकारी दिए । 

गाँउको लोक संस्कृति बचाउने उदेश्यले आयोजना गरिएको मेलामा गाँउको लोक संस्कृति प्रदर्शन गरिनुका साथै ख्यातिप्राप्त कलाकारहरुको पनि प्रस्तुति रहने उनले बताए ।

केही बर्ष अगाडीदेखि सुरु भएको ह्याङ्जाकोट होमस्टेलाई पनि मेलाले प्रवद्र्धनमा सहयोग पु¥याउने अपेक्षा गरिएको होमस्टेका अध्यक्ष ईश्वर गुरुङले बताए । 

कास्कीको रमणिय गाँउ ह्याङ्जाकोटबाट अन्नपूर्ण, माछापुच्छे लगायत हिमालहरु नजिकैबाट हेर्न सकिन्छ । मेलामा बराह मन्दिर, ह्याङ्जाकोटको कोटडाडाँ साथै गुरुङ समुदायको अवलोकन गर्न सकिन्छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस





थप विकास खबर

राति १२ बजेवाट बंगलादेशमा बिधुत निर्यात सुरू, १ अर्ब २९ करोड आम्दानी हुने

राति १२ बजेवाट बंगलादेशमा बिधुत निर्यात सुरू, १ अर्ब २९ करोड आम्दानी हुने


‘मंगलादेवी स्मृति जेष्ठ नागरिक पार्क’ शुभारम्भ (फोटो फिचर)

‘मंगलादेवी स्मृति जेष्ठ नागरिक पार्क’ शुभारम्भ (फोटो फिचर)


नेपालमा पहिलो पटक एशिया प्यासिफिक क्षेत्रको कम्प्युनिटी नेटवर्क एक्सचेञ्ज कार्यक्रम आयोजना हुँदै

नेपालमा पहिलो पटक एशिया प्यासिफिक क्षेत्रको कम्प्युनिटी नेटवर्क एक्सचेञ्ज कार्यक्रम आयोजना हुँदै

जेठयता ११ अर्ब ८० करोड रुपैयाँको विद्युत् निर्यात

जेठयता ११ अर्ब ८० करोड रुपैयाँको विद्युत् निर्यात


दुई दिने स्टार्टअप एण्ड आईडिया फेस्ट सम्पन्न

दुई दिने स्टार्टअप एण्ड आईडिया फेस्ट सम्पन्न


सुरू भयो दुई दिने स्टार्टअप एण्ड आईडिया फेस्ट (फोटो फिचर)

सुरू भयो दुई दिने स्टार्टअप एण्ड आईडिया फेस्ट (फोटो फिचर)


आज देखी भैरहवावाट हङकङ र नयाँदिल्ली उडान सुरु

आज देखी भैरहवावाट हङकङ र नयाँदिल्ली उडान सुरु


नेपालमा करिब १५ लाख ५० हजार हेक्टरमा सिंचाईका पूर्वाधार

नेपालमा करिब १५ लाख ५० हजार हेक्टरमा सिंचाईका पूर्वाधार


बुद्धजयन्तीका अवसरमा स्वयम्भूसहितका स्थानमा दर्शनार्थीको भिड (फाेटाे फिचर)

बुद्धजयन्तीका अवसरमा स्वयम्भूसहितका स्थानमा दर्शनार्थीको भिड (फाेटाे फिचर)



विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation