गोपाल गुम्बामा तोनाग घोसुम पुजाको समापन

 अर्थ बुलेटिन संवाददाता   ११ पौष, २०७६



पोखरा । पोखरा १०, बुद्धशान्ति मार्गस्थित पल टासी छ्योलिङ(गोपाल) गुम्बामा आयोजित विश्व शान्तिका लागि(कङ्ग्युर)त्रिपिटक पाठ वाचन तथा तोनाग घोसुम पुजाको दशौँ दिन(अन्तिम दिन) तोनाग घोसुम पुजाको समापन गरिएको छ ।

विहान ८ बजेदेखि गुरु रिम्पोछेको पुजा गरिएका थिए भने १ः०० बजे देखि नमो बुद्ध काभ्रेका परमपुज्य टुल्कु धाम्छ्यो रिन्पोछे ज्यूलेआयु अभिषेक तथा दश अकुशल कर्म कसरी त्याग गर्नुपर्ने बारेमा र दश कुशल कर्म कसरी अपनाउनु पर्छ भन्नेबारेमा प्रवचन दिएका थिए  ।  प्रवचन सुन्न तथा रिन्पोछेको आयु अभिषेकका लागि कार्यक्रममा भक्तजनहरुको थेक्नै नसकिने गरी उल्लेख्य सहभागिता रहेको थियो । 

विश्वमा घटिरहेका हत्या, हिंसा र आतंकको अन्त्य भइ विश्वमा शान्ति फैलियोस्, वर्तमान असहज परिस्थिती अन्त्य भई दिगो शान्तिको कामना गर्दै फो ल्हो(मृग वर्ग) आगमनको अवसरमा पुस १ गतेदेखि १० दिने विश्वशान्तिका लागि (कङ्ग्युर)त्रिपिटक वाचन एकदमै भव्य सव्य साथ सम्पन्न भएको प्रमुख लामा गोपाल गुरुङ्गले बताएका थिए । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation