इटहरी उपमहानगरद्वारा ६० जना महिला फुटवल खेलाडी उत्पादन

 अर्थ बुलेटिन संवाददाता   १६ पौष, २०७६



 इटहरी ।   इटहरी उपमहानगरले ६० जना महिला फुटवल खेलाडी उत्पादन गरेको छ । एक महिना सम्म तालिम प्रदान गरेर महिला खेलाडी तयार गरेको हो । तालिम प्राप्त महिला खेलाडीको तीन वटा सम्म टिम वन्ने छ । इटहरीका सामुदायिक तथा सस्थागत विद्यालयमा अध्यनरत छात्राहरुलाई फुटवल प्रशिक्षण प्रदान गरिएको हो ।

प्रशिक्षण कार्यक्रमको समापन समारोहलाई सम्वोधन गर्दै इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले अन्तराष्ट्र सम्म खेल्न सक्ने महिला खेलाडी उत्पादन गरिने बताए  । उनले पढाईसँग सँगै फुटवल खेलकुदलाई अघि वढाउन सल्लाह दिए । उपप्रमुख गौतमले इटहरीको नाम चिनाउने गरि खेल्न आग्रह गरे  ।

खेलवाटै ब्यवसायिक वन्न सकिने भएकाले त्यहि अनुरुप अघि वढन तालिम प्राप्त महिला खेलाडीलाई उत्साहित गराए । प्रशिक्षण प्राप्त महिला खेलाडी सुनयना वानियाँले एक महिना सम्म तालिम दिएर आफूहरुको प्रतिभा उजागर गर्ने अवसर प्रदान गरेकोमा इटहरी उपमहानगरलाई धन्यवाद दिए ।

  अझै एडभान्स तालिम प्रदान गर्न समेत उनले आग्रह गरे  । एक महिना सम्म श्याम मानन्धर,विष्णु चौधरी,मणिन्द्र याख्खा,दिपेन्द्र तामाङ्ग र राजेश लुङ्गेलीले तालिम दिएका हुन्  । यसअघि इटहरी उपमहानगरले इटहरीमै पहिलो पटक अन्तरविद्यालय स्तरीय महिला फुटवल प्रतियोगिता सम्पन्न गरिसकेको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation