पर्यटन बोर्डको सिइओका लागि सिफारिसमा कोको परे ?

 अर्थबुलेटिन संवाददाता   १९ पौष, २०७६



काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत पद छिट्टै नै रिक्त हुँदैछ । पदपुर्तीका लागि ९ जनाको नाम सिफारिस गरिएको छ ।

२०७६ मंसिर १८ गते पहिलोपटक २१ दिनको समय दिएर माग गरिएको आवेदनमा परेका १७ जना उम्मेद्वारमध्येबाट काशीराज भण्डारी, दीपक बाँस्कोटा, दीपकराज जोशी, धनञ्जय रेग्मी, नविन पोखरेल, रोहिणीप्रसाद खनाल, सन्तोष विक्रम थापा र हिक्मत सिंह ऐरको नाम सिफारिस गरिएको छ ।

छनौट गरिएका व्यक्तिहरुमध्ये दीपकराज जोशी पर्यटन बोर्डका निवर्तमान सिइओ हुन् । 

यसैगरी बोर्डमा सिइओका लागि सिफारिस भएका अर्का व्यक्ति बच्चुनारायण श्रेष्ठ भिजिट नेपाल सचिवालयको सदस्य सचिव हुन् ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation