पर्यटन बोर्डले पायो सीइओ, डा.धनन्जय रेग्मीले ४ बर्षकालागि नेतृत्व सम्हाले

 अर्थ बुलेटिन संवाददाता   १४ माघ, २०७६



काठमाडौं । लामो समयको रस्साकस्सीपछि पर्यटन बोर्डले सीइओ पाएको छ ।    पर्यटन बोर्डको संचालक समितिको बैठकले मंगलबार  सीइओमा डाक्टर धनन्जय रेग्मीलाई नियुक्त गरेको हो । उनले डाक्टर रेग्मी १७ जना प्रतिस्पर्धीलाई उछिन्दै ४ बर्षका लागी सिइओ बनेका हुन् ।

लामो समयदेखि पर्यटन क्षेत्रको अनुसन्धानमा क्रियाशिल डाक्टर धनञ्जय रेग्मी पर्यटन क्षेत्रमा पनि संलग्न छन् । विसं २०३२ सालमा स्याङ्जामा जन्मिएका रेग्मी नेपालको प्रख्यात हिमाली भु–वैज्ञानिक र हिमनदी विज्ञ हुन । उनले नेपालको हिमाल, हिमताल र हिम नदि र हिमाली क्षेत्रहरुको बारेमा अनुसन्धान गरेका छन् ।

६ वर्ष कञ्चनजङ्घा क्षेत्रको वातावरणीय अनुसन्धान गरेर रेग्मीले सोही विषयमा सन २००६ मा जापानको सापोरो स्थित होक्कााइदो विश्वविद्यालयबाट ‘माउन्टेन इन्भारोमेन्टल जिओ साइन्स एण्ड जिओलोजिकल’ विषयमा विद्यावारिधि गरेका हुन् ।

त्यसअघि उनले बुढानिलकण्ठ उच्च माध्यमिक विद्यालयमा भुगोल विषयको शिक्षकको रुपमा समेत काम गरेका थिए । रेग्मीले सोपोरो कै नोडल संस्थाको विश्वव्यापी भुपी परियोजना अन्तर्गत पोस्ट डक्टरेट अनुसन्धान फेलोको रुपमा समेत काम गरेका छन । उनले अमेरिकाको एरिजोना विश्वविद्यालयबाट डेन्ड्रेक्रोनोलोजिकल विषयमा तिन महिने कोर्स पनि गरेका छन् ।

हाल काडमाडौं तथा त्रिभुवन विश्वविद्यालय अन्तर्गत भुगोल तथा वातावरण केन्द्रीय विभागमा केन्द्रिय गेस्ट लेक्चर समेत छन् । साथै उनी, भौगोलिक समाजका उपअध्यक्षका रुपमा समेत कार्यरत छन् ।

सन २००७ देखि सोसाइटी फर इकोलोजिकल रेस्टोरेशन नेपालका अध्यक्षको रुपमा मौसम परिवर्तन र इकोलोजि रेस्टोरेशनका लागि काम गरेका छन् । उनी हिमालयन रिसर्च एक्सपिडिसन र हिमालयन रिसर्च सेन्टरका अध्यक्ष पनि हुन् । यसअघि रेग्मी इम्जा हिमतालको जोखिम व्यावस्थापन गर्न नेपाली सेनासँग प्रविधिक सल्लाहकारको रुपमा समेत कार्यरत थिए ।

इम्जा हिमताल फुट्ने जोखिम भएपछि सरकारले उक्त हिमतालको गहिराइ घटाएको थियो । जुन परियोजना सफल रुपमा सम्पन्न भयो। हाल उनि तालबाट हाइड्रोपावर उत्पादन गरेर तालको पानी घटाउने नयाँ प्रविधिहरुमा काम गरिरहेका छन् ।

पर्यटन बोर्डले गत मंसिर १८ मा सिइओको लागी आवेदन माग गरेको थियो।जसमा १७ जनाको आवेदन परेको थियो । पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय, बोर्डका संचालक समिति सदस्य विप्लव पौडेल र कृष्णबहादुर महरा सहितको छनौट समितिले १७ जनाबाट पहिलो चरणमा ९ जना छनौट गरेको थियो ।

छनौट समितिमा दुई विज्ञका रूपमा पूर्व पर्यटनसचिव कृष्णप्रसाद देवकोटा र पर्यटन व्यवसायी सागर पाण्डे थिए । छनौट समितिले १७ जनाबाट पहिलो चरणमा ९ जना छनौट गरेको थियो । उनीहरुको प्रस्तुतीको आधारमा गतहप्ता तीन जनाको नाम संचालक समितिमा पठाएको थियो ।

बोर्डले संचालक समितिमा पठाएको सूचीमा धनन्जय रेग्मी, दीपक बस्ताकोटी र हिक्मतसिंह ऐर थिए । सबैलाई उछिन्दै रेग्मी बोर्डको सिइओ नियुक्त भएका हुन् । निवर्तमान दिपकराज जोशीको कार्याकाल सकिएपछि गत मङ्सिर १८ गते विज्ञापन खुलाइएको थियो ।  



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation