“कोरोना कहर, होइन कसैको रहर”

 सुरज सापकोटा   ५ भदौ, २०७७



महामारीको रुपमा विश्वब्यापी फैलिएको कोभिड १९ “कोरोना” को कारण  संक्रमणले विश्व नै आक्रान्त बनेको छ । चिनको वुहान शहरबाट जन्मभई आज सम्म डुलिरहेको अवस्था छ । यसको निर्मूल कहिले होला त ? यसको उत्तर आजका मितिसम्म कोही कसैसंग छैन । यसबाट अमेरिका, भारत, ब्राजिल जस्ता देशमा ठुलो सङख्यामा मानविय क्षतिको घटना हाम्रो सामु ताजा छ ।

रुस, चिन लगायतका देशले औषधीको खोप अनुसन्धान र परिक्षण गरिरहेको वताउदै आएका भएतापनि हालसम्म यसको कुनै औषधी तथा खोपले औपचारिकता र अधिकारिकता पाइसकेको छैन । महामारिको रुप लिईरहेको यो कोरोनाको न्यूनिकरण खोप नआएसम्म हुन नसक्ने डव्लुएचओ तथा जनस्वास्थ्य विज्ञहरुले बताउदै आइरहेका छन् ।

तेश्रो विश्वयुद्धको अनुभुत गराउने गरी विश्व थर्काइरहेको कोरोनाका कारण आज विश्व अर्थतन्त्रमा नै गम्भिर असर परेको छ । यसवाट नेपाल पनि वच्न सकेको छैन । हाल विश्वमानै उत्पादन देखि आपुर्ति र उपभोग्यसम्मको श्रृखला खल्बलिएको छ । आर्थिक क्षेत्रमा यसको पहिलो र गम्भिर असर गरिबी, बेरोजगारी, पेशा विस्थापित हूने क्रम बढेको देखिएको छ ।

ब्यक्ति, घरहुदै समुदायसम्म यस भाइरसले आक्रान्त पारेको छ । तर पनि हामि किन सचेत नागरिक बन्न सकेनौ । के यो रहर हो र ? पक्कै पनि यो रहर होइन । सचेत बनौं, सर्तक रहौं । सरकार, स्वास्थ्यकर्मी र चिकित्सकले भनेको कुराको पूर्ण पालना गरौ ।

स्वास्थ्यको क्षेत्रमा हाम्रो नेपाली समाजमा हुर्कदै गरेको अवस्था भनेको “हामि आफैं सबै विषयका जानकार, हामि आफैं डाक्टर, त्यसैले आफ्नो स्वास्थ्यमा केहि समस्या देखियो भनेपनि हामि आफ्नौ आफ्नो लागि औषधि किन्छौ र उस्तै परे अरुलाई पनि सल्लाह सुझाव दिन पछि पर्दैनौ ।”

अहिले कोरोनाको विषयमा पनि हामि आफै विज्ञ भएका छौ । यसले मलाई त केहि गर्न सक्दैन भन्ने कता कता मनको एक कुनामा पालेका छौ । हुनत आत्मवल वलियो बनाउनका लागि यो निकै सवल औषधि हो तर, यो भावनाले गर्दा कोरोनासंग खेलवाड गर्दै गयौ भने यो चाहि आफ्नो लागि, आफ्नो परिवारको लागि, समाजको लागि र राष्ट्रको लागिनै प्रत्यूत्पादक हुनेछ । हामि असल छौ त्यसैले सम्यमित भई काम गरौं, राम्रो ब्यबहार गरौै र भोलिका दिनमा आफुलाई पनि संक्रमण हुन सक्छ भन्ने नभुलौं ।

विपतमा परेकालाई सहयोग गरौ, नसके राम्रो ब्यबहार गदै आत्म मनोबल बढाउन सहयोग गरौ । एक जना ब्यापारी विहानै पसल खोल्छ उसको मुखमा न त माक्स छ, न त पसलमा सेनिटाइजरनै प्रयोग गर्छ, न त साबुन पानीको पटक पटक प्रयोगनै गर्दछ । तर उ सर सामान बिक्रि गरिरहेकै छ, अनपढ छ भनौ भने शिक्षित छ । उसैको घरमा २ वर्षे दुधे बालक देखी ८० वर्ष काटेका वृद्व बाबु आमा पनि छन् तर पनि उ आफैमा सचेत छैन । एउटा कर्मचारी सस्थांले आलो पालो÷जोर–विजोर लागू गरी कार्यालय सञ्चालन गरेको छ ।

मास्क, सेनिटाइजर, कोरोना इन्स्योरेन्स लगायतका सुविधा उपलब्ध गराएको छ । उक्त कर्मचारी पालो परेको दिन कार्यालय जाने, नपरेको दिन साथीहरुसंग डुल्ने, जमघट गर्ने गर्छ । उ शिक्षित छ पढे लेखेको छु भन्छ तर सचेत छैन । 

कोराना लागोस नलागोस बालै छैन, एउटी आमा “यसपाली त माइतजाने अर्को साल त के हो के भन्छिन्”  यस्तै, छोरा-छोरी “साथीको जन्मदिन आयो अरु नगरे पनि केक त खानु पर्छ बजारबाट ल्याई हालम भन्छ” । यि र यस्ता प्रसस्तै उदाहरण अझैपनि हामि माझँमा देखिइरहेको छ । फलत, २०७६ चैत्र ११ को लकडाउनको अवस्था अझै कडारुपमा निषेधाज्ञा बनेर नेपालमा फेरी दोहोरियो ।आज संक्रमितको सङख्या नेपालमा हजारै हजारमा छ, भोली लाखमा नपुग्ला भन्न सकिन्न । आजको दिनसम्म आइपुग्दा, स्वास्थ्यकर्मी, बैक कर्मचारी, सुरक्षाकर्मी देखि आठ महिनाको बच्चासम्म संक्रमित भएका छन् । हिजो हाम्रै लागि स्वास्थ सेवामा तल्लिन रहेकी स्वास्थ्यक्रर्मी आज संक्रमित हुदाँ त्यही समाजले उनीलाई वहिस्कार गर्दैछ, घरमा बस्न निषेध गरेको छ, तिरस्कार गरेको छ, ठुलो ठुलो बोल्ने, मै हु जान्ने सुन्ने भन्ने, म बाहेक सबै संक्रमित हुन् र हुन सक्छन भन्ने लगायतका हाम्रा ब्यबहार र भनाइका कारण देश आज विरामी परेको छ ।

जनतालाई जस्तो सुकै अवस्थामा पनि पैसा आवश्यक छ बैक खोल्न जाने कर्मचारी बैक जान्न खोज्दा अबरोध हुन्छ । अवरोध किन भन्दा, सुरक्षाकर्मी माथिको आदेश भन्छ, अनि बैङक किन जान लागेको भन्दा कर्मचारी पनि माथिको आदेश भन्छ । मात्र फरक आदेशदिने मातहतमा छ ।
विचरा सडकका सुरक्षाकर्मी पनि रहरले होइन यो कोरोनाको कहरमा निषेधाज्ञा पालना गराउन भिड्नुपरेको, अनि ति कर्मचारी पनि रहरले होइन यो कोरोना कहरमा निषेधाज्ञ तोड्नुपरेको । यहाँ त कोरोना कहरकै विचमा सबै रहर र भविश्य त्यागेर देश र जनताका लागि होमिनुको छ, यसको कुनै विकल्प छैन । 
हामी आफै विज्ञ नबनौ, संवेदिनशिल अवस्था हो सम्यमित बनौ, कोरोना कहर हो, रहर होइन । आधिकारीक सुचना जे जोसगं सम्बन्धित छ, यसको सहि पालना गरौं र जिम्मेवार नागरिक बनौ । राज्यको मात्रै भर नपरौ, आप्mनो रक्षा आफैं गरौं । “लगन पछिको पोते” को काम छैन भने जस्तै हामीले पनि समयमै विचार पु¥याउ । देशलाई र सस्थांलाई मात्र दोषी नठानै राम्रो कामको सुरुवाद आफैबाट गरौं । 
कम्तिमा पनि निम्न कुराको याद गरौ र पालना गरौं ः
१. अति आवश्यक नपरि घरवाट बाहिर ननिस्कौं ।
२. स्वास्थ्य मापदण्डको प्रयोग गरौं ।
३. मास्क, स्यानिटाइजर, पञ्जा, सावुन पानी, दुरी कायम, घरको खाजा र खाना सरसफाई आदि कोरोनाका शत्रु हुन्, त्यसैले यसको भरपुर प्रयोग गरौं ।
४. कार्यालयमा आफ्नो काम सुरक्षित भई आफ्नो पालो अनुसार पुरा गरौं नसकेको काम “Sharing & Caring” गरौं ।
५. उच्च मनोवल राखौं ।
६. लखर लखर बाहिर नडुलौं ।
७. आफु शिक्षित र कुशल भए घर शिक्षित हुन्छ र घरबाट समाज र समाज बाट राष्ट्र हुदै बिश्वब्यापी फैलिन्छ त्यसैले ब्यक्ति ब्यक्तिमा राम्रो ब्यवहार गरौं ।
८. आधिकारिक समाचार र सामाजिक संजालको मात्र भर परौं ।
९. के खाने, के नखाने भन्ने बारेमा राम्रोसंग सुनौ, सोधौं, लागु गरौं र राम्रो कामको बिश्लेषण गरौं ।
१०. Safe & Safety  पालना गरौं ।
११. अब नेपाली समाजमा चाडवाड भित्रिसकेको छ । त्यसैले, यो बर्ष जो जहाँ छौ र जतिजना साथमा छौं त्यति मात्रै हाल भएकै स्थानमा बसेर मनाऔ । 

सबै सुरक्षित रहौं मेरो कामना, 
घरमै बसौं, सुरक्षित बनौं ।

(लेखकः नेपाल बैङक लिमिटेडमा कार्यरत कर्मचारी हुन् ।)



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation