’तिम्रो प्यारमा छु’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

 अर्थबुलेटिन संवाददाता   २७ असोज, २०७७



काठमाडौं । नजिकिदै गरेको महान चाड बिजया दशमी र तिहारलाई लक्षित गरेर गीतसंगीत बजारमा आउन थालिसकेका छन् । यसैक्रममा ’तिम्रो प्यारमा छु’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

प्रेमिल शैलीको यस गीतमा गायक जगदीश समाल र अस्मिता अधिकारीको स्वर रहेको छ । नारायण सुवेदी आभाषले संगीतवद्ध गरेको यस गीतलाई उदयराज पौडेलले यस गीतलाई संगीत संयोजन गरेका हुन् ।

गोदावारीमा छायांकन गरिएको भिडियोमा नायक आकाश श्रेष्ठ र मोडल निलम चन्दको प्रेम र रोमान्सलाई सुन्दर तरिकालाई प्रस्तुत गरिएको छ । भिडियोमा बुद्ध थापाको छायांकन, विकाश धमलाको  सम्पादन रहेको छ ।

निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो । ओएस आर डिजिटल मार्फत सार्वजनिक भिडियोले दर्शक स्रोताको मन जित्दै सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation