वर्षा र पल अभिनित ‘मेरी सोल्टिनी’ को भिडियो सार्वजनिक

 अर्थबुलेटिन संवाददाता   १४ मंसिर, २०७७



काठमाडौं । गीतकार तथा संगीतकार बाल कृष्ण न्यौपानेको नयाँ गीत ‘मेरी सोल्टिनी’को भिडियो सार्वजनिक भएको छ ।
सार्वजनिक ‘मेरी सोल्टिनी’मा नेपाल आइडलबाट लोकप्रियता कमाएका किरण भुजेल र भ्वाइस अफ नेपालबाट लोकप्रिय बन्न सफल गायिका गीता शर्माको स्वर रहेको छ । गीतको भिडियोलाई काठमाडौं उपत्यकाको रमणीय स्थलमध्येको एक गोदावरीमा छायाङकन गरिएको छ ।

सार्वजनिक भिडियोमा अभिनेता पल शाह र वर्षा राउतको अभिनय रहेको छ । फिल्मी शैलीको डान्सिङ गीतको भिडियोमा पल र वर्षाको लोभलाग्दो अभिनय रहेको छ । जहाँ पल र वर्षा एक रोमान्टिक प्रेमी जोडीको अवतारमा प्रस्तुत भएका छन् ।

निर्देशक गम्भीर विष्टले निकै मेहेनत गरेका उक्त गीतको भिडियो हेर्दा दर्शकहरुले आफ्नै प्रेम कहानी महशुस गर्ने गीतकार न्यौपाने बताउँछन् । गीतकार न्यौपानेका यसअघि ‘उजाडियो शिशिर’मा (विभिन्न शीर्षकमा पुरस्कृत), ‘अब यी अल्छी हातमा’ (सर्वोत्कृष्ट राष्ट्रगानमा पुरस्कृत) लगायतका दर्जन बढी गीतहरु बजारमा आइसकेका छन् ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation