३ वटा ठेकेदार कम्पनी कालोसूचीमा

 अर्थबुलेटिन संवाददाता   २५ मंसिर, २०७७



काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले ३ वटा ठेकेदार कम्पनीलाई  कालोसूचीमा राखेको छ  ।  साइनो छापाखाना, राजवंशी निर्माण सेवा, श्री साई इम्पेक्स र के डि एम इन्टरनेशनल प्रा.लि.कालोसूचीमा परेका हुन् । कार्यालयले  तीनवटै कम्पनीलाई १÷१ वर्ष अवधिका लागि कालोसूचीमा राखेको जनाएको छ ।  उनीहरुको कालोसूची बुधबारदेखि लागू भएको छ ।

सार्वजनिक खरिद ऐनको प्रावधान अनुसार तोकिएको समयभित्र निर्माण नसक्ने निर्माण व्यवसायी वा तोकिएको परिमाण, गुणस्तर र समयमा आपूर्ति गर्न नसक्ने आपूर्तिकर्ता वा तोकिएको समयमा परामर्श सेवा दिन नसक्ने परामर्शदाता लगायत ठेकेदार कम्पनीलाई सार्वजनिक निकायको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेर कारबाही गर्नसक्ने व्यवस्था गरेको छ । सोही अनुसार उनीहरुलाई कालोसूचीमा राखिएको हो ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation