छायाँ सेन्टरमा “एउटा यस्तो प्रेम कहानी”को पोष्टर र टाइटल गीत सार्वजनिक, फिल्म माघ १ देखि देशब्यापी प्रदर्शनमा

 अर्थबुलेटिन संवाददाता   २१ पौष, २०७७



काठमाडौं । नेपालको पर्यटकीय केन्द्र ठमेलभित्रको पर्यटकीय र व्यापारिक केन्द्रको रुपमा उदाउदै गरेको छायाँ सेन्टरमा वरिष्ठ नायक शिव श्रेष्ठको प्रस्तुतिमा बनेको एउटा यस्तो प्रेम कहानी नामक चलचित्रको पोष्टर तथा टाइटल गीत सार्वजनिक भएको छ ।

चलचित्रका निर्माता, कलाकार, निर्देशक, गीतकार,संगीतकार,छाँयाकार,चलचित्र समीक्षक, पत्रकार र वितरकको उपस्थितिमा भएको उक्त कार्यक्रममा चलचित्रका निर्माता, निर्देशक र कलाकारहरुले पोष्टर सार्वजनिक गर्नुभएको थियो ।

कार्यक्रममा फिल्मको शीर्ष गीत “म तिम्रो आँखाबाट यो संसार देख्न चाहन्छु, म एउटा यस्तो प्रेम कहानी लेख्न चाहन्छु” सार्वजनिक प्रदर्शनी गरिएको थियो । आज रिलिज भएको शीर्ष गीतलाई विश्व नेपाली र अस्मिता परियारले स्वर दिएका छन भने यसमा संगीत वसन्त सापकोटाले दिनुभएको छ ।

सो कार्यक्रमलाई संबोधन गर्दै वरिष्ठ नायक श्रेष्ठले विश्वभर महामारीको रुपमा आएको कोरोनाको कारण नेपालको चलचित्र उद्योगले भोगेको समस्यालाई दृष्टिगत गरी चलचित्रको छायाँड।कन र प्रदर्शन खुलाउन चलचित्रकर्मीहरुले ठूलो प्रयास गर्नुपरेको बताउनुभयो ।

उहाँले कोरोना भाइरसको संक्रमणबाट बच्ने सावधानी अपनाउदै आम नेपालीलाई मनोरञ्जन दिने नेपाली चलचित्रहरु प्रदर्शन गरेर मनोरञ्जनको भ्याक्सिन दिन पाउदा आफूलाई निकै सन्तोष लागेको बताउनुभयो ।

नेपाली चलचित्रको भविष्य उज्ज्वल देखेर नै आफूले ४० बर्ष पहिलेदेखि यस क्षेत्रमा निरन्तर लागिरहेको बताउदै उहाँले भन्नुभयो, एउटा यस्तो प्रेम कहानी राम्रो फिल्म बनेको छ । यो चलचित्र निर्माणमा सहभागी सबैप्रति म आभारी छु ।

उहाँले अप्ठ्यारो समयमा चलचित्र प्रदर्शनको चाँजो पाँजो मिलाउने क्रममा पोष्टर र टाइटल गीत सार्वजनिक गर्ने कार्यमा सहयोग पुर्याएकोका छायाँ सेन्टरको प्रशंसा गर्नुभएको थियो ।

कार्यक्रमलाई संबोधन गर्दै निर्माता यशोदा राईले अभिनेता शिव श्रेष्ठले आफैले एक वर्ष लगाएर यसको कथा तयार पार्नुभएको बताउनुभयो । उहाँले पनि पोष्टर प्रदर्शनी र टाइटल गीत सार्वजनिक गर्ने कार्यमा सहयोग पुर्याएकोमा छायाँ सेन्टर र एलफ्ट होटलको प्रशंसा गर्नुभएको थियो ।

यस चलचित्रमा नेपालका बरिष्ठ नायक शिव श्रेष्ठ,नायिका प्रियंका कार्की, आयुष्मान देशराज जोशी,वर्षा राउत,संजोग कोइराला, बसुन्धारा भुसाल,आड।तेम्वा शेर्पा, मिथिला शर्मा, विष्णु चेम्जोड।,रेखा फागो, नरेन खड्का,ध्रुब कोइराला,प्रभु श्रेष्ठ, नवराज विश्वकर्मा लगायतको अभिनय रहेको छ ।

यसै चलचित्रबाट शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ,करिश्मा मानन्धरकी छोरी कविता मानन्धर र निर्माता दिनेश दर्शनधारीका छोरा सम्यक दर्शनधारीले डेब्यु गर्नुभएको छ ।

यस फिल्मको निर्मातामा शिव श्रेष्ठ, यशोदा राई तुम्बाहाम्फे र दिनेश दर्शनधारी हुनुहुन्छ भने खुम तामाड।,सुनिल कटुवाल, रामनारायण शाह, दिनेश थापा मगर र तारा तुलाधर सह निर्माता रहनुभएको छ ।

यस फिल्मको निर्देशन दीपेश सापकोटाले गर्नुभएको छ । फिल्ममा वसन्त सापकोटा, अर्जुन पोखरेल, आनन्द कार्की तथा सन्तोष रजौरेको संगीत रहेको छ ।

फिल्मको वितरणको जिम्मा जी।जी।ग्रुप,बि।के।फिल्मस र एफ।डी।ले लिएको छ ।
फिसटेल मुभिज् प्रा।लिको ब्यानरमा बनेको यस चलचित्रको डिजिटल राईट ट्रि इन्टरटेनमेण्टले लिएको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation