डा.उपाध्यायद्वारा लिखित उपन्यास ‘कफीलभ’लोर्कापण

 अर्थबुलेटिन संवाददाता   २ फागुन, २०७७



काठमाडौं ।गीत लेखनबाटै गिनिज बुक अफवर्ल्ड रेकर्ड बनाएकाकिर्तिमानीगीतकार डा.डीआर उपाध्यायले आफ्नो ११ औं उपन्यास ‘कफीलभ’बजारमा ल्याएका छन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानमाभएको लोकार्पण कार्यक्रममा प्रतिष्ठानका कुलपतिगंगा प्रसाद उप्रेती, आख्यानकार भुवनहरि सिग्देल, कृतिका लेखक, प्रकाशकलगायतले पुस्तकको संयुक्तविमोचन गरेका हुन् ।

कलेज पढ्दै गरेकायुवायुवतीको कफीको चुस्कीसँगै सुरु भएको प्रेम सम्बन्ध र त्यसले जीवनमाल्याएको आरोह अबरोहको कथामा यो उपन्यास केन्द्रित रहेको छ । देहरादुनकादुनविश्वविद्यालयमाभेटिएका पाँचजना नेपालीविद्यार्थीहरुबीचको कलेज अध्ययनक्रमकाविभिन्न घटना र उनीहरुको आपसी प्रेममा यो उपन्यास केन्द्रित छ ।

पुस्तकबारे बोल्दै कुलपति उप्रेतीले अहिलेका तन्नेरी पुस्ताको प्रेम एवम् जीवन शैली र बर्तमान नेपाली समाजको अवस्थायसले छर्लङ्ग पारेको बताए ।गीतलेखनबाट कृतिमानकायम गरेका डा.उपाध्यायको उपन्यास पनित्यत्तिकै पठनीय भएको भनाई उनले उत्तःकार्यक्रममा राखे ।अग्रजआख्यानकार भुवनहरि सिग्देलले यो उपन्यासले प्रेमको परिभाषा सामाजिकमूल्य र मान्यताभन्दा फरक किसिमले दिएको बताए ।समकालिन पुस्तालाई यो उन्यासकाकथाअहिले आफ्नो भोगाई जस्तो लाग्ने र पौढ पुस्ताले आफ्नाकलेजकादिनहरु स्मरण गर्ने पनिउनले बताए ।आख्यानकार डीआर उपाध्यायले यो पुस्तकलेख्दाआफु २४ वर्षीय तन्नेरी भएर त्यही उमेरका युवायुवतीहरुको संगतमा रहीउनहरुको प्रेम भावलाई पुस्तकमा समेटेको बताए ।यो पुस्तकतन्नेरी मनहरुसंग सामिप्य रहेको र सबै पुस्ताएवम् बर्गको भावयसमा समेटेको पनिउनले जानकारी गराए ।

पुस्तकको समीक्षागर्दै कवि हेम प्रवासले तृतिय पुरुषमा लेखिएको यो उपन्यास सम्बाद शैलीको भएको बताए ।उपन्यास पढ्न थालेपछि उपन्यास भित्रकापात्रहरुको यात्रा र उनीहरुबीच अब के होलाभन्ने कौतुहलताले कृति पढेर सकिएको महसुस नै नहुने बताए ।यस्तै संगीतकार सन्तोष श्रेष्ठले लेखकको बारेमा जानकारी गराउँदै अरु उपन्यास भन्दा यो निकै फरक शैलीमा लेखकले तयार गरेको बताए ।पुस्तक पढ्दा आफुलाई एउटा सफलचलचित्र हेरेको महसुस उनले सुनाए ।

गायकतथा संगीतकार सागर सरद अधिकारीले राम्रागीत लेखेर विश्व रेकर्ड कायम गरेका डा. उपाध्यायआख्यान लेखनमापनित्यत्तिकै प्रभावशालीभएको बताए ।पुस्तकका सम्पादकतथागीतकार सञ्चारकर्मी डब्बु क्षत्रीले आफ्नो उमेर भन्दाआधा उमेरमा झरेर आख्यानकार डीआर उपाध्यायले अहिलेको पुस्ताको प्रेमलाई गहन रुपमा पुस्तकमाउतारेको बताए । घटना, स्थान, परिवेश र सम्बादलाई यथार्थपरक रुपमा समेटेकाले यो उपन्यास सबैलाई आफ्नो कथाहो जस्तो लाग्ने पनिउनले बताए ।

प्रकाशकपुष्पराजपौडेलले पुस्तक पढेपछि आफ्नो लगानी सहीकितावमा परेको महसुस पाठकलाई हुने जिकिर गरे ।शिखाबुक्सले प्रकाशनतथा ज्ञानज्योतीपब्लिकेशनले वितरण गरेको यो उपन्यासलाई डब्बु क्षत्रीले सम्पादन गरेका हुन् ।२४० पृष्ठको यो पुस्तकको मूल्य ३७५ रुपैया रहेको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation