सात महिनाको सेयर बजारः लगानीकर्तालाई सवा खर्ब नाफा

    १६ फागुन, २०७७



काठमाडौं । चालु आर्थिक वर्षको सात महिनामा सेयर बजारबाट लगानीकर्ताले करिब सवा खर्ब रुपैयाँ नाफा कमाएका छन् । यो गत साउनदेखि माघसम्म सेयर कारोबारबाट लगानीकर्ताले कमाएको कुल आम्दानीबाट कर तिरेपछिको रकम हो ।

चालु आर्थिक वर्षका प्रायः सबै महिना सेयर बजार बढिरहेको छ । बढेको बजारबाट नाफा सुरक्षण ९प्रोफिट बुक० गर्ने क्रममा लगानीकर्ताले करिब सवा १ खर्ब रुपैयाँ नाफा कमाउन सफल भएका हुन् । खासगरी लकडाउनपछि खुलेको बजार बुलिस ९निरन्तर बढिरहेको० ट्रेन्डमा रहेकाले लगानीकर्ताले राम्रो नाफा आर्जन गर्ने अवसर पाएको जानकारहरू बताउँछन् ।

गत साउनदेखि माघसम्म लगानीकर्ताले सेयर कारोबारमा ५ अर्ब ६६ करोड रुपैयाँ पुँजीगत लाभकर तिरेका छन् । यो लगानीकर्ताले सेयर कारोबारमा कमाएको कुल नाफाको औसत ५ प्रतिशत रकम हो । यसका आधारमा सो अवधिमा लगानीकर्ताले करिब सवा १ खर्ब ९१ खर्ब १३ अर्ब० रुपैयाँ खुद नाफा कमाएको देखिन्छ । उक्त नाफाबाट औसत ५ प्रतिशत रकम पुँजीगत लाभकरका रूपमा सरकारलाई तिरिएको छ । सेयर कारोबारमा नाफा भएको अवस्थामा व्यक्तिगत लगानीकर्ताले नाफाको ५ प्रतिशत रकम पुँजीगत लाभकर तिर्नुपर्छ ।

संस्थागत लगानीकर्ताले नाफाको १० प्रतिशत लाभकर तिर्नुपर्छ । सामूहिक लगानी कोष ९म्यूचुअल फन्ड० ले भने कर तिर्नुपर्दैन । कुल सेयर कारोबारमा अधिकांश हिस्सा व्यक्तिगत लगानीकर्ताको छ भने संस्थागतको संख्या न्यून छ । यसकारण संस्थागत र व्यक्तिगत लगानीकर्ताले तिरेको करको दरलाई औसत ५ प्रतिशत मानेर यहाँ विश्लेषण गरिएको हो ।

आर्थिक वर्ष २०७६र७७ मा सेयर कारोबारबाट लगानीकर्ताले करिब १९ अर्ब ६० करोड रुपैयाँ नाफा आर्जन गरेका थियो । सो अवधिमा पुँजीगत लाभकरबापत लगानीकर्ताले करिब साढे ९८ करोड रुपैयाँ मात्र सरकारलाई बुझाएका थिए । चालु आर्थिक वर्षको सात महिनामा लगानीकर्ताको सम्पत्ति ९बजार पुँजीकरण० अघिल्लो वर्षको तुलनामा दोब्बर भएको छ ।

यसअनुसार गत माघसम्म लगानीकर्ताको कुल सम्पत्तिको बजार मूल्य ९कुल बजार पुँजीकरण० ३४ खर्ब ६ अर्ब रुपैयाँ छ । अघिल्लो आर्थिक वर्षको अन्त्यमा यस्तो पुँजीकरण १७ खर्ब ९२ अर्ब रुपैयाँ थियो । जबसम्म लगानीकर्ताले नाफा सुरक्षण गर्दैनन्, तबसम्म यो किताबी मूल्यमै रहन्छ । यसकारण उल्लिखित नाफा लगानीकर्ताले सेयर बिक्रीपछि प्राप्त आयबाट कर तिरेपछि बचेको रकम हो । यज्ञ बञ्जाडेले कान्तिपुर दैनिकमा समाचार लेखेका छन् ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation