२४ घण्टामा ८७ जना कोरोना संक्रमित थपिए, ६२ जना निको भए

 अर्थबुलेटिन संवाददाता   १९ फागुन, २०७७



काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप  ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  यो सँगै कुल संक्रमितको संख्या २ लाख ७४ हजार ३ सय ८१ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ७ सय ६६ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा ३ हजार ३ सय ९९ जनाको पिसिआर परीक्षण गर्दा ८७ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २१ लाख ७३ हजार ५ सय ११ पुगेको छ। गत २४ घण्टामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। २४ घण्टामै प्राप्त भएको मृत्यु संख्या भन्दै मन्त्रालयले थप २ सय ३३ जना समावेश गरेको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मतकको संख्या ३ हजार १० पुगेको छ। हाल ५९ जना क्वारेन्टाइनमा छन्।

गत २४ घण्टामा ६२ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७० हजार ६ सय ५ पुगेको मन्त्रालयले जनाएको छ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation