लागूऔषधसहित एक जना पक्राउ

 अर्थबुलेटिन संवाददाता   १९ फागुन, २०७७



पर्सा । पर्सा जिल्लाको बिरगंज महानगरपालिका १६ स्थित भन्सार गेट ईलाकाबाट फागुन १८ गते एपीएफ टोलीले ७४ वटा नाईट्रोजन ट्याब्लेटसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवन जिल्लाको राप्ती नगरपालिका १ पिप्ले बस्ने ३८ बर्षिय बिशालकुमार क्षेत्री छन् । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बिरगंजबाट खटिएको एपीएफ टोलीले उनलाई शंका लागि जाँच गर्दा उनको साथमा उल्लेखित लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेका निज क्षेत्रीलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation