कलंकीमा निशान र ड्याटसनको नयाँ शोरुम

 अर्थ बुलेटिन   १९ असार, २०७८



काठमाडौं । निशान र ड्याटसन मोटर्सको लागि नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले कलंकीमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।

निशान र ड्याटसन को आधिकारिक डिलर, मेगा मोटर्सले उक्त शोरुम सञ्चालन गर्नेछ । महाराजगंज र बालकुमारी पछि यो मेगा मोटर्सको तेश्रो शोरुम हो ।

पायोनियर मोटोकर्पका प्रबन्ध निर्देशक सन्दीप शारदाका अनुसार, कलंकीको यो नयाँ शोरुम सञ्चालनमा आएसँगै हाम्रो ग्राहक केन्द्रित सेवा विस्तारमा थप सहजता हुनेछ र उपत्यकाका कुनैपनि ठाउँका ग्राहकहरुलाई सजिलैसँग सेवा प्रदान गर्न सकिने छ ।

कम्पनीका अनुसार, काठमाडौं उपत्यकाको बढ्दो मागलाई मध्यनजर गर्दै सहज आपूर्तिको लक्ष्य सहित यो शोरुम सञ्चालनमा ल्याइएको हो ।

साथै अब उक्त शोरुम बाट पनि निशानको नयाँ लोगो भएको 'बिग. बोल्ड. ब्युटिफुल.' म्यागनाइट खरिद गर्न सकिनेछ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation