नेपालको बजारमा चेरी टिग्गो ४ प्रो एस यू भिमुल्य सूचि सहित

 अर्थ बुलेटिन   १४ कार्तिक, २०७८



काठमाडौं । शारदा ग्रुप अन्तर्गतको कम्पनी एस.पि.जी. अटोमोबाइल्स प्रा. लि. ले नेपालमा चेरी अटोमोबाइल्स कम्पनी लिमिटेडको आधिकारिक वितरकको रुपमा नियुक्त भएको छ र एस.पि.जी. अटोमोबाइल्सले नेपाली बजारमा चेरी टिग्गो ४ प्रो एस यूभिलन्च गरेको छ ।

चेरी टिग्गो ४ प्रो एसयूभि तीन भेरियन्टमा उपलब्ध छन् । १.५ लि. नेच्यूरल्ली एस्पिरेटेड म्यानुअल ट्रान्समिसन, १.५ लि. नेच्यूरल्ली एस्पिरेटेड सिभिटि र १.५ लि. टर्बो चार्जड ९ स्पीड गिएर बक्स सिभिटि इन्जिन ।

नेच्यूरल्ली एस्पिरेटेड इन्जिनले अधिकतम पावर ८५ किलो वाट (११५ पि.एस.) र १३८ एन.एम. को अधिकतम टर्क उत्पादन गर्दछ भने १.५ लि. टर्बो चार्जड सि.भि.टि इन्जिनले अधिकतम पावर ११५ किलो वाट (१४७ पि.एस.) तथा अधिकतम पावर २१० एन. एम. को अधिकतम टर्क उत्पादन गर्दछ । टिग्गो ४ प्रो को प्रमाणित माइलेज १४.७ कि.मि. प्रति लिटर रहेको छ ।

SN

Model

MRP(Rs)

1

Tiggo4 Pro 1.5L

   4,620,000.00

2

Tiggo4 Pro 1.5L CVT

   5,250,000.00

3

Tiggo4 Pro 1.5T "Turbo" CVT

   5,840,000.00

नयाँ टिग्गो ४ प्रो एस.यू.भि. मा नयाँ फ्रण्ट फेस र आकर्षक मस्कुलर प्रोफाइल डिजाइन देख्न सकिन्छ । यसमा ५ स्पोक मिरर डिजाइनको १७ इन्च स्पोर्टि व्हील समावेश गरिएको छ । यसका साथै डायमण्ड इन्टेक ग्रिल, क्रिस्टल डायमण्ड लेन्स एलईडि हेडलाइट, जी – टाइप डि.आर.एल. र साइड स्कर्टले स्पोर्टि लुक्स् प्रदान गर्न मद्दत गरेको छ । टिग्गो ४ प्रो एस.यू.भि.मा पावरड सनरुफका साथै ड्राइभर सिटमा ६ वे एडजस्टमेण्ट लेदर सिट पाउन सकिन्छ ।नयाँ टिग्गो ४ प्रो एसयूभिमा ४३१८ एम. एम लम्बाई, १८३० एम.एम. चौडाई, २६१० एम.एम. व्हीलबेस र १६७० एम.एम.को उचाँई रहेको छ । टिग्गो ४ प्रो एस.यू.भि. को ग्राउण्ड क्लियरेन्स २०० एम.एम. रहेको छ । यसको बुट स्पेस ३४० लिटरको छ र ३४ वटा विभिन्न स्टोरेज स्पेस पनि उपलब्ध  छ ।

चेरी टिग्गो ४ प्रो एसयूभिको ईन्टेरिएर सरल र आकर्षक छ । यसमा डि– टाईप ३ स्पोक मल्टिफंक्सनल स्टेरिङ्ग व्हील, ७ इन्च एल.सि.डि मिटर, एप्पल कार प्ले र एन्ड्रोेइड अटो सहितको १०.२५ इन्चको सेन्ट्रल कन्ट्रोल स्क्रीन, रियर आर्मरेस्ट र सेकेण्ड रो एसिभेण्ट जस्ता विशेषताहरु छन् । टिग्गो ४ प्रो एस.यू.भि. मा पुश स्टार्ट बटन र पि.इ.पि. एस. रिमोट स्टार्ट प्रणाली समावेश गरिएको छ । 

टिग्गो ४ प्रो एसयूभिमा सुरक्षाको दृष्टिकोणले लागि ६ रिङ्ग एयरव्याग, ए.वि.एस. ई.वि.डि, इलेक्ट्रोनिक स्टेविलिटी प्रोग्राम, टि.सि.एस सिस्टम, इमर्जेन्सी ब्रेक असिस्ट, रोल स्टेबिलिटी कन्ट्रोल, हिल स्टार्ट असिस्ट (कन्ट्रोल), डाइरेक्ट टाएर प्रेसर मोनिटरिङ्ग प्रणालीका साथै बच्चाहरुको सुरक्षाका लागि सबै चारवटै झ्याल र ढोकाहरुमा एन्टी पिन्चलकहरु राखिएको छ । नयाँ टिग्गो प्रो एस.यू.भि.ले ई.पि.बि. का साथै अटो होल्ड प्रविधि अपनाएको छ ।

टिग्गो ४ प्रो एस.यू.भि. विभिन्न ६ रङ्गमा उपलब्ध छन् ।

चेरी अटोमोबाइल कम्पनी लिमिटेडको स्थापना १९९७ मा भएको थियो । यो चीनमा अवस्थित ग्लोबलाइज अटोमोबाइल ब्राण्ड हो । विगत २० वर्षमा, चेरीले पाँचवटा विश्वव्यापी अनुसन्धान र विकास आधारहरु मार्फत ५,५०० भन्दा बढी ब्यक्तिहरुको अनुसन्धान र विकास टोली स्थापना गरिसकेका छन् र  चिनियाँ अटोमोबाइल ब्राण्डहरु मध्ये इन्जिन, ट्रान्समिसन, चेसिस र अन्य मुख्य प्रविधिहरुको सबै भन्दा शक्तिशाली अनुसन्धान र विकास क्षमता छ । 

चेरी संसारमा सवारी साधन, सीकेडी पार्टस, इन्जिन र सवारी साधन निर्माण प्रविधि र उपकरण निर्यात गर्ने पहिलो चिनियाँ अटोमोबाइल कम्पनी पनि हो । अहिलेसम्म, चेरीले ८० भन्दा बढी देश र क्षेत्रहरुमा आफ्ना सवारी साधनहरु निर्यात गरिसकेको छ र १० विदेशी कारखानाहरु, १५०० भन्दा बढी विदेशी डिलरहरु र सेवा आउटलेटहरु स्थापना गरिसकेको छ । विश्वभर करिब ९.७ मिलियन प्रयोगकर्ताहरु सहित, निर्यात गरिएका यात्रु कारहरुको संख्यामा पहिलो स्थानमा छ । चेरीको विश्वव्यापी विक्रीमा ठूलो बृद्धिले विश्वव्यापी उपभोक्ताहरुको प्रो श्रृंखला प्रतिको माया दर्शाउछ । प्रो श्रृंखलाका विशिष्ट प्रो सुविधाहरुले अटोमोटिभ फेसन, प्रविधिका लागि विश्वव्यापी उपभोक्ताहरुको नयाँ अपेक्षाहरु पूूरा गर्दछ । सन् २०२१ मा चेरी र जगुआर ल्यान्ड रोभर मोटर्सले संयुुक्त रुपमा चेरी जगुआर ल्यान्ड रोभर मोटर्स कम्पनी लिमिटेड स्थापनामा लगानी गरेका हुन् ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation