एनविटिसीको तिहार विशेष (फोटो फिचर)देउसी सहितको सांगितिक कार्यक्रम

 अर्थ बुलेटिन   १९ कार्तिक, २०७८



काठमाडौं । नेपालको पहिलो ठुलो होलसेल कम्प्लेक्स एनविटिसीले तिहारको अवसरमा आफ्नै ब्यापारिक कम्प्लेक्स परिसरमा देउसीभैलो कार्यक्रम सम्पन्न गरेको छ । 

एनविटिसी ब्यापार संघ र कम्पनी संचालक मिलाल्याण्ड डेभलपमेन्ट प्रा.लि. को संयुक्त आयोजनामा संचालित देउसीभैलो कार्यक्रम २०७८ मा विभिन्न सांगितिक कार्यक्रमहरु समेत प्रस्तुत गरिएको थियो । 

कार्यक्रममा लोकदोहोरीका चर्चित कलाकार वविता वानियाँ (जेरी) र चिज गुरुङका साथमा आधा दर्जन चर्चित कलाकारहरुले सांगितिक कार्यक्रम प्रस्तुत गरेका थिए । 

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै एनविटिसी व्यापार संघका अध्यक्ष होमनाथ गिरीले नेपालीहरुको दोश्रो ठुलो चाड तिहार र आउदै गरेको छट पर्बका अवसरमा एनविटिसी कम्पनी संचालक, वोर्डका निर्देशकहरु, शेयरहोल्डर, सम्पूर्ण सटरधनी, पसलधनी, व्यापारी, ग्राहकबर्ग, कलाकार, संचारकर्मी एवं कार्यक्रमका उपस्थिति सबैलाई शुभकामना व्यक्त गर्नुभयो । 

उहाँले कम्प्लेक्समा रहेका करिब १ हजार सटरहरु अधिकांश खुलिसकेका र अब केहि सटरहरु खुल्न वाँकी रहेकाले सम्वन्धित सटरधनीहरुलाई यथाशिघ्र कम्प्लेक्स भित्रका सबै सटरहरु खोलेर कम्प्लेक्सको महिमा, महत्व र अस्तित्व बढाउनका लागि अनुरोध गर्नभयो । साथै, यथाशिध्र ‘ग्राण्ड ओपनीङ’ गरेर कम्प्लेक्सलाई भब्यताका साथ संचालन गर्न कम्पनीका व्यवस्थापकहरुलाई अनुरोध गर्नुभयो । 

गिरीले शुभकामना मन्तव्य व्यक्त गर्दै हाल ललपुर्जा वितरणको कार्य आरम्भ भएको भएपनि त्यसले गतिलिन नसकेको, वितरण भएकोमा पनि समानुपातिक प्रणालि अवलम्वन हुन नसकेकोले लालपुर्जा वितरणलाई प्रभावकारी बनाउदै यथाशिध्र सबै शटरधनीहरुको हातमा लालपुर्जा पुग्नुपर्नेमा जोड दिनुभयो । 

कम्प्लेक्स परिसमा भएको सांगितिक कार्यक्रमका विभिन्न पक्षका फोटोहरुः

 

 

 

 

 

 

 

 

 

 

 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation