फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचि सहित)ग्यास प्रति सिलिन्डर १५७५ पुग्यो

 अर्थ बुलेटिन   २५ कार्तिक, २०७८



काठमाडौं । सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । खाना पकाउने ग्यासको पनि मूल्य बढेको छ ।

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलका प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको छ । खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँले बढाएर १५ सय ७५ रुपैयाँ कायम गरिएको छ ।

अब पेट्रोल लिटरको १३६ रुपैयाँ पुगेको छ भने डिजेल मटितेलको प्रतिलिटर मूल्य ११९ रुपैयाँ भएको छ । आन्तरितर्फको हवाई इन्धन प्रतिलिटर ५ रुपैयाँ बढाएर १०१ रुपैयाँ पुर्याइएको  निगमका सहायक प्रवक्ता पुस्कर कार्कीले जानकारी दिए ।

मूल्य बृद्धि पूर्ब र पछिको दररेट (मूल्य सूचि):

क्र..

इन्धन

पूरानो दररेट (रु)

नयाँ दररेट (रु)

मूल्य वृद्धि (रु)

एलपी ग्याँस

१५००

१५७५

७५

पेट्रोल प्रतिलिटर

१३३

१३६

डिजेल प्रतिलिटर

११६

११९

मटितेल प्रतिलिटर

११६

११९

हवाई इन्धन प्रतिलिटर (आन्तरिक)

९६

१०१

हवाई इन्धन प्रति किलो लिटर (अन्तराष्ट्रिय)

 

अमेरिकी डलर ८९५

 

त्यसैगरी अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य अब प्रतिकिलोलिटर ८९५ अमेरिकी डलर पुगेको छ । निगमले गत कात्तिक १२ गते पनि तेलमा प्रतिलिटर ३ रुपैयाँ ग्यासमा प्रतिसिलिन्डर ५० रुपैयाँले वृद्धि गरेको थियो ।

मूल्य समायोजन पछि पनि निगमलाई पेट्रोलमा प्रति लिटर रू. १७.५८, डिजेलमा १३.१४ रुपैयाँ घाटा रहेको निगमले बताएको छ । ग्यासमा प्रति सिलिन्डर रू. ६५७.८४ घाटा  छ । १५ दिनमा निगमलाई २ अर्ब ६२ करोड घाटा हुने निगमको प्रक्षेपण छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation