घरपालुवा चौपायमा थुनेलो रोगको समस्या (अध्ययन प्रतिवेदन)किन हुन्छ यस्तो ? के हो त यसको समाधान ?

 डा. वालक चौधरी   २७ माघ, २०७८



गाई, भैंसी, बाख्र इत्यादि दूध दिने घरपालुवा चौपायाहरु कृषकको नियन्त्रणमा पालिने हुदा पशुलाई लाग्ने थुनेलोको जिम्मेवार पनि कृषक नै हुनु पर्दछ । थुनमा लाग्ने यो रोग धेरै दूध दिने लैना

पशुमा बढि देखिन्छ । थुनमा शुक्ष्म जीवाणुहरुको प्रवेशले थुन सुनिने, दुख्ने, दूध नदिने इत्यादि लक्षणहरु देखिन्छन् । थुनेलो एक स्थानीय, संक्रामक एवं आर्थिक दृष्टिकोणले महत्वपूर्ण रोग हो ।

थुनेलो हुने धेरै कारणहरुमध्ये गोठ, पशुको सरसफाई, दूध दुहुने विधि, दूध दुहुदा निखारेर नदुहुनु, थुनको प्वाल खुला रहनु इत्यादि कारणबाट जीवाणुको संक्रमबाट हुन सक्दछन् ।

दूध कम आउने, दूधको गुणस्तरमा ह्रास हुने, उपचार खर्च अधिक हुने, पशुको विक्री मूल्य घट््ने आदि थुनेलो रोगबाट हुने आर्थिक तथा वित्तिय क्षती हुन् । बथानमा पालिने चौपायाहरुमा थुनेलो रोग व्यापक रुपमा पाइन्छ ।

प्रस्तुत लेख कुनै खास ठाउँको शोधमा आधारीत नभई विशेज्ञहरुले गरेको अध्ययनलाई आधार मानिएको छ । डेरी फर्ममा विश्व व्यापी रुपमा सवैभन्दा (MF Azooz,2020. www.veterinaryworld.org/vol.13 /September-2020/3.pdf) बढि थुनेलोको कारण आर्थिक क्षति हुने रोग मध्येको एक मानिन्छ । यस रोगबाट पहिले दूध उत्पादनमा कमी आउने र दोश्रो रोग निको पार्न ठुलो धनराशी खर्च हुने अध्ययनहरुले ओल्याएको छ ।

व्यापकता 

बथानमा पालिने चौपायाहरुमा थुनेलो विश्वमा सर्बत्र पाइन्छ । लक्षण नदेखिने भित्र भित्र पशु थुनेलोको शिकार हुने सो को पहिचान एक मात्र प्रभावकारी उपाय दूधको नमुनालाई ल्याव परीक्षण गर्नु हो । पशु रोग निदान प्रयोगशाला, विराटनगरमा विगत पाँचबर्षदेखी कृषकले थुनेलो लागेको शंकास्पद पशुको  दूधको नमुनाको ल्याव परीक्षणको नतिजा अनुसार ५० प्रतिशतभन्दा अधिकलाई थुनेलो भएको देख्यो । 

 

वित्तिय प्रभाव

बित्तिय शब्दको अर्थ नगद भन्ने बुझिन्छ । थुनेलो रोगको उपचार खर्च, दूध उत्पादनमा कमी, उपचार गर्दाको अबधीमा दूध बिक्री योग्य नहुनु इत्यादिलाई रकममा रुपान्तरण गर्दाको अवस्था वित्तिय प्रभाव हो । 

वित्तिय क्षति यकिन गर्न अध्ययन कर्ताहरुले फरक फरक टुलको प्रयोग गर्दा नतिजा फरक फरक हुने, सही तथ्याँक यकिन गर्र्न सहज नहुने देखिन्छ । नेपालमा पनि थुनेलोले पारेको वित्तिय एवं आर्थिक प्रभावमाथिको अध्ययन हुनु पर्दछ ।

Fortune Business Incite, Pharmaceutical/Bovine Mastitis Market पत्रिकाले सन् २०१९ मा विश्वमा थुनेलोको कारण १.२३ विलियन अमेरिकी डलरको क्षति हुने उल्लेख गरेको छ । डेरी फर्ममा हुने प्रति एकसय पशु मध्ये २० देखी ३० पशुमा थुनेलो रोग लागी दूध उत्पादन कम हुने, दूधको गुणस्तरमा ह्रास आउने, उपचार खर्च अत्यधिक लाग्ने उल्लेख गरेको छ । पत्रिकाले ग्लास्गो विश्वविद्यालयबाट प्रकाशित रिसर्चलाई उदघृत गर्दै विश्वमा बार्षिक १९.७ देखी ३० विलियन अमेरीकी डलर थुनेलो रोगको कारण आर्थिक क्षति हुने गरेको उल्लेख गरेको छ । 

आर्थिक प्रभाव

अर्थशास्त्रको परिभाषा बमोजिम आर्थिक प्रभाव भन्नाले वित्तिय क्षेत्र लगायत सो बाट समाजमा पर्ने प्रत्यक्ष र अप्रत्यक्ष सम्पूर्ण क्षेत्रको असरको योगफल हो ।  Economic effects of bovine mastitis and mastitis management नामक शोधपत्रमा (T. Halasa, 2007) आर्थिक ढाँचा चार्ट-१ अनुसार उल्लेख गरेको छ ।

क. दूध उत्पादन घट्ने

थुनभित्रको अलभ्योलाई (कोशिका) दूध तयार गर्ने ग्रन्थि हो । प्रारम्भिक चरणको थुनेलोमा कोशिकाहरु खासै नबिग्रिने हुदा रोगको लक्षण नदेखिने, दूध उत्पादनमा सामान्य असर परेको हुन्छ । रोगको जटिलता बढेपछि थुन सुनिने, पिप बग्ने, घाउ हुने, दूध बनाउने कोशिकाहरु नष्ट हुने हुदा दूध उत्पादन समेत नहुन सक्दछ । थुनेलोको कारण कति दूध घटेको भन्दा पनि रोगको जटिलता तथा गम्भीरतामा भर पर्दछ । 

ख. औषधी खर्च 

थुनमा देखिने हानिकारक जीवाणुहरुको कारण थुनेलो हुने हुनाले निको पार्न ती शुक्ष्म जीवाणुहरुलाई मार्नु आवश्यक छ । थुनेलो रोग लाग्ने बिभिन्न किसिमका हानिकारक जीवाणुहरुमध्ये जीवाणुको पहिचान गरी एन्टिबायोटिक्स संवेदनशिलता परीक्षण गरेर मात्र सो को बिरुद्ध ओषधोपचार गर्दा कम खर्चमा चाडो निको हुने चिकित्सा विज्ञानको सिद्धान्त हो । जिवाणुको पहिचान गर्न प्रयोगशाला परीक्षण लगायत एन्टिबायोटिक्स संवेदनशिलता परीक्षणको प्रतिवेदन आउन समय लाग्नाले लक्षणकको आधारमा औषधीको प्रयोग गर्ने चलन छ । जे जस्तो भए पनि उपचार गर्दा अपनाइने औषधीका सेट (एन्टिवायोटिक्स, दुखाई कम गर्ने औषधी, स्टेरोइड आदि) को लामोसमयसम्मको प्रयोगले मात्र निको हुने हुदा खर्चको दायरा अत्यधिक बढेर जान्छ ।

ग. उपचार हुदासम्म दूध फाल्ने

पशु उपचारमा रहदासम्म एन्टिबायोटिकको प्रयोग थुनभित्र गर्नु पर्ने हुदा सो को प्रत्यक्ष असर दूधमा पर्दछ । औषधी मिसिएको दूध मानव स्वास्थको लागि हानिकारक हो । खाद्य ऐन, २०२३ ले दूधमा कुनै किसिमको औषधीको प्रयोग नभएको उल्लेख गरेको छ । पशुको उपचार हुदासम्म औषधीको प्रयोग गर्नु अघि थुनको सम्पूर्ण दूध निचोरेर औषधी हालेपछि बढि प्रभावकारी हुने हुनाले दुहेको दूध समेत फाल्नु पर्ने हुन्छ । रोग निको नहुदासम्म दूध फाल्नु पर्ने परिमाण डेरी फर्मको आर्थिक लसेज हो । सो अवधिमा बाच्छा बाच्छी समेतलाई दूध चुसाउनबाट बञ्चित गर्नु पर्ने हुदा बाच्छा बाच्छीको खुराकको लागि अपनाउनु पर्ने बैकल्पिक उपायको बित्तिय विश्लेषण गर्नु भन्दा आर्थिक विश्लेषण गर्नु सहज हुन्छ ।      

घ. प्राविधिक सेवा शुल्क

डेरी फर्ममा सरकारी तथा निजी प्राविधिकहरुले सेवा पु¥याउने गरेको पाइन्छ । सरकारी प्राविधिकले पशु सेवा केन्द्रमा मात्र समय सीमाभित्र ल्याएको पशुको उपचार गर्ने हुदा कृषक प्राइवेट प्राविधिकको भर पर्नु पर्ने हुन्छ । प्राविधिकको उपलब्धता सवै ठाउँमा एक नासको नभएकोले सेवा वापतको सेवा शुल्क पनि फरक फरक हुने गरेको छ । थुनेलो रोग निको नहुन्जेल बिरामी पशुको उपचार गर्न पटक पटक आउनु पर्ने हुदा कूल मिलाएर प्राविधिक सेवा शुल्क अत्यन्त महगो पर्न जान्छ ।

ङ. प्रयोगशाला परीक्षण शुल्क

थुनेलो हुने कारक तत्वको पहिचान गर्न दूधको नमुनाको कल्चर गरी हानिकारक जीवाणुको यकिन गरीन्छ । परीक्षण गर्ने सरकारी भन्दा निजी परीक्षणशालाको शुल्क अधिक हुन्छ । यस अतिरिक्त जीवाणु विरुद्धको एन्टिबायोटिक संवेदनशीलता परीक्षण गर्न समेत शुल्क लाग्ने हुदा रोग निको पार्न गरीने यी विविध लाइनहरुमा व्ययभार बढ््न जान्छ ।

च. जनशक्तिको अधिक प्रयोग

सामान्य अवस्थाको भन्दा क्वारेन्टाइनमा राखेको विरामी पशुको हेरचाह अधिक गर्नु पर्ने हुन्छ । दूध निचोर्न, सरसफाई गर्न, औषधी खरीद गर्न, दानापानी दिन लगायत पशु उपचार गर्दा नियन्त्रणमा ल्याउन थप जनशक्तिको आवश्यकता पर्दछ । यी सबैको वित्तिय गणना भन्दा आर्थिक गणना गर्नु सान्दर्भिक हुन्छ ।

छ. दूधको गुणस्तरमा ह्रास

थुनेलो भएको पशुको दूधमा क्लोराइडको मात्रा अधिक हुने विज्ञहरुको भनाईछ । क्लोराइडको मात्रा अधिक भई दूध फाट्ने, अल्कोहल परीक्षण पोजिटिभ देखाउने, दूध तताउदा फाट्ने, दुग्ध पदार्थ गुणस्तरहीन हुने आदि हुन सक्दछ । दूधमा सोमाटिक सेलको मात्रा अधिक देखिने हुदा बजार मूल्य घट्ने निश्चित हुन्छ । दूधको गुणस्तरमा कति ह्रास आएको छ, वित्तिय मापन भन्दा आर्थिक मापन गर्नु सहज हुनेछ ।  

ज. एन्टिवायोटिक संवेदनशीलता परीक्षण

ल्यवमा थुनेलो जीवाणुको पहिचान पश्चात् औषधीको प्रभावकारीता वारे निश्चित गर्न संवेदनशीलता परीक्षण गरी सो जीवाणु विरुद्ध औषधीको प्रयोग गरी थुनेलोको प्रभावकारी उपचार हुन्छ । लक्षणको भरमा औषधीको प्रयोग गर्दा रोग निको नहुने, लामो समयसम्म औषधी गरी राख्नु पर्ने, आर्थिक व्ययभार बढ्ने सीमितताहरु हुन् । ग्राम पोजिटिभ र ग्राम निगेटिभ जिवाणुहरुका लागि एउटै किसिमको एन्टिबायोटिकको प्रभावकारीतामा फरक फरक हुने गरेको रिसर्चबाट देखिन्छ । थुनेलोको उपचारमा अधिक समय लाग्ने, छनोट गरेको औषधीको संवेदनशिलता आदिमा भर पर्ने हुदा वित्तिय एवं आर्थिक दृष्टिकोणले महत्वपूर्ण रोगको सूचीमा राखिएको हो । 

 

 

झ. पशुको विक्री मूल्यमा कमी

पशु विक्री गर्दा खरीद कर्ताले दूध दिने मात्रा, फाचोको अवस्था, पशुको स्वस्थता, बेतको अवस्था आदि सम्पूर्ण मापदण्ड अपनाएर उपयुक्तलाई खरीद गर्ने चलन छ । मापदण्ड भित्र नपरेको पशुको बजार मूल्य स्वतः कम हुने पाइएको छ । 

रोगको पहिचान एवं उपचारको जटिलता

FAO (2014) n] Impact of Mastitis in Small Scale Dairy Production Systems मा थुनेलो हुने अनेकौ जातका शुक्ष्म जीवाणुहरुको कारणले हुने उल्लेख गरेको छ । यस अतिरिक्त फंगाई, माइको प्लाज्मा र अल्गीको कारणले पनि यो रोग लाग्ने गरेको छ । American Society for Micro-biology; :yfn] Mastitis Pathogen Culture Collection विषयक अप्रिल 2019 मा प्रकाशित अनलाइनमा  थुनेलो हुने विभिन्न प्रकारका कारक जीवाणुहरुको कारण हुने उल्लेख गरेको छ । 

Sub Clinical Mastitis प्रारम्भिाक चरणमा हुने हुदा किसानलाई कमै थाहा हुन्छ भने विकसित चरणको Clinical mastitis ले पशु प्रभावित भै सकेको हुन्छ । हानिकारक जीवाणुहरुमध्ये कुनले प्रभाव पारेको हो सो को यकिन गर्न सैम्पल कल्चर गरी प्रयोगशाला परीक्षण गरी मात्र जानकारी हुन्छ । प्रयोगशाला परीक्षण गोठभन्दा शहरमा केन्द्रित हुने हुदा गोठदेखी प्रतिवेदन रिपोर्टसम्म ३ दिनभन्दा अधिक लाग्ने हुन्छ । साथै असल र प्रभावकारी उपचारका लागि Antibiotic Sensitivity Test समेत गर्नु अनिवार्य रहेकाले अर्को थप समय लाग्छ । 

थुनेलोको उपचार गर्न पहिले थुनको दूध निचोर्न कठीन अभ्यास हो । पशुलाई कावुमा ल्याउन जनशक्ति चाहिने, थुन भित्र औषधी पठाउन, पशुलाई छुटै राख्न तथा नियमित हेरचाह गर्न सम्पूर्ण क्रियाकलापहरु गर्न निको हुन लाग्ने समय सो को जटिलता (Severity) मा भर पर्दछ । उपचार गर्न अन्य विमारीको दाजोमा अधिक जटिलता एवं झंझटिलो मानेको हो ।

उपसंहार

बजारको पहुँच हुने स्थानहरुमा डेरी फर्र्म एक व्यवसायिक विकास तर्फ लम्किदैछ । थुनेलो एक जटिल एवं आर्थिक दृष्टिकोणले धेरै महत्वपूर्ण रोग हो । व्यवस्थापन एवं सरसफाईको अभावमा डेरी फर्ममा व्यापक पाइन्छ । यसको अध्ययन एवं लेखाजोखा कम रहेको छ । थुनेलो रोग नियन्त्रण गर्न सम्वद्ध निकायहरुमार्फत वित्तिय एवं आर्थिक अध्ययन विश्लेषण हुनु पर्दछ । अध्ययनले ओल्याएको तथा मार्ग निर्देशन गरेको आधारमा यो रोग नियन्त्रणको लागि योजना एवं कार्यक्रम कार्यान्वयन गर्नु आजको आवश्यकता हो । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation