रोकिएन वालेनको स्वागतयोग्य कदमअबैध संरचना हटाउनेक्रम आज पनि जारी

 अर्थ बुलेटिन   ९ भदौ, २०७९



काठमाडौं । अवैध संरचनाहरु हटाउँदै हिँडेका काठमाडौं महागरपालिकाका मेयर बालेन शाह बिहीबार अल्फा बिटा कम्प्लेक्समा पुगे । नयाँ बानेश्वर क्षेत्रमा रहेको अल्फाबिटाले भवनको अगाडिको भागमा सटर निकालेर फर्मेसी सञ्चालन गर्न दिएको छ । पार्किङ भने सडक पेटीमा हुने गरेको छ ।

मेयर बालेनले घरको नक्सा खोजे । त्यहाँ उपस्थित अल्फाबिटाका प्रतिनिधिले उल्टो मेयरसँग नक्सा मागे । मेयर बालेनले प्रश्न गरे, तपाईँको घरको नक्सा मसित हुनुपर्छ ?अल्फाबिटाका प्रतिनिधिले नगरपालिकामा के हुन्छ त ? भनेर प्रतिप्रश्न गरे । आफूहरुले कुनै गलत काम नगरेको, तर मिडिया लिएर आएको भन्दै असन्तुष्टि जनाए ।

बालेनले पत्रिकामा निकालेरको ३५ दिने सूचना देखाए । अनि जंगिएर बोले, ‘यहाँ यत्रो नोटिस दिएको छ, यो के हो ? ३५ दिनभित्र खाली गर भनेर नोटिस दिएको छैन ? तपाईँको घरको नक्सा मसँग हुन्छ कि तपाईसँग ?’

अल्फाबिटाका अर्का प्रतिनिधिले बालेन सर, तपाईँ आवेगमा आएर नबोल्नुस्, हाम्रो प्रतिनिधि होइन भनेर प्रतिप्रश्न गरे । अघिदेखि बालेनसँग बहर गरिरहेका व्यक्तिले मलाई थर्काउन खोजेको भनेर बोलेनलाई अर्को प्रश्न गरे ।

तर मेयर बालेनले तत्काल प्रतिवाद गरे । आफूहरुले मिडिया स्टन्ट पनि नगरेको उनले बताए । महानगरका साढे २ लाख घरमा गएर सूचना दिन नसक्ने भएर पत्रिकामा सूचना निकालेको र अवैध संरचना हटाउनुपर्ने बताए ।

व्यवसायिक भवनहरुले आफ्नो पार्किङ हुनुपर्ने बताए । महानगरका कर्मचारीले पनि आफूहरुको अफिस नजिकै भएकाले नक्सा लिएर आउन आग्रह गरे ।तर अल्फाबिटाका प्रतिनिधिले लिखित लिए वकिलसहित आउने बताए । साथै आफूहरुले राज्यलाई कर तिरेको भन्दै व्यवसायीलाई सम्मान गर्न आग्रह गरे ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation