पोखरा महानगरपालिकाले निकाल्यो ३५ दिने सूचनाथिमि नगरपालिका पनि अब एक्सनमा जाने

 अर्थ बुलेटिन   १४ भदौ, २०७९



पोखरा । काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना हटाउन सुरु गरेपछि त्यसको प्रभाव काठमाडौं उपत्यकालगायत देशैभरीका अन्य नगरपालिकामा पनि क्रमश: देखिन थालेको छ ।

काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन) ले केहि हप्ता अघिदेखि आरम्भ गरेको अबैध संरचना हटाई बैध शहर बनाउने अभियान अब काठमाडौं महानगरको मात्रै नभई देशको नै मुख्य अभियान बनेको छ ।

यसैविच, पोखरा महानगरपालिकाले पनि भाद्र १३ गते सोमवारका दिन ३५ दिने सूचना जारी गर्दै पार्किङ प्रयोजनका लागि नक्सा स्वीस्कृत गरी अन्य प्रयोजनमा प्रयोग भएका त्यस्ता संरचनाहरु ३५ दिन भित्र खालि गर्न भनेको छ ।

अन्यथा कानून बमोजिम गर्ने चेतावनी पनि महानगरपालिकाले सूचना मार्फत दिएको छ । पोखरा महानगरका अनुसार नगर क्षेत्रभित्र २५० वटा भवनहरुले भूमिगत पार्किङका लागि नक्सा स्वीकृत गरेका छन् । यि मध्येमा करिब २०० जति भवनहरुले पार्किङको रुपमा प्रयोग नगरि अन्य प्रयोजनमा प्रयोग आकलन महानगरले गरेको छ ।

थिमि नगरपालिकाले भन्यो: ३५ दिन भित्र अबैध संरचना हटाउनु

मध्यपुर थिमि नगरपालिका, भक्तपुरले अनधिकृत संरचना हटाउन ३५ दिने सूचना जारी गरेको छ ।

३५ दिनभित्र अनधिकृत रूपमा निर्माण गरिएका संरचना हटाउन सार्वजनिक सूचना जारी गरेको नगरपालिकाले सो समयसिमा भित्र नहटाएमा कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।

‘नगरपालिका क्षेत्रभित्रको अरनिको राजमार्ग, त्यसका सहायक मार्गहरू र नगरका अन्य भित्री सडकहरू तथा क्षेत्रमा समेत प्रचलित भवन निर्माणसम्बन्धी मापदण्ड विपरित सार्वजनिक बाटो, सडक, जग्गा अतिक्रमण गरी विभिन्न संरचनाहरू निर्माण गर्ने, सार्वजनिक आवागमनमा बाधा अवरोध पुग्ने गरी निर्माण सामग्रीलगायत अन्य सामग्री राख्ने गरिएको पाइएको छ,’ नगरपालिकाले जारी गरिएको सुचनामा भनिएको छ, ‘अव्यवस्थित रूपमा सवारी साधनहरू पार्किङ गर्ने र सडक फुटपाथमा व्यापार व्यवसाय गरी आवागमन अवरुद्ध बनाउने कार्य गरेको देखिएकोले यो सार्वजनिक सूचना जारी गरिएको छ, सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र हटाउनु होला ।

अन्यथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम र प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।’



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation