भाइटीकाको साइत ११ बजेर ३७ मिनेटमा नेपाल सम्वत् ११४३ प्रारम्भ हुने

 अर्थ बुलेटिन   ३ कार्तिक, २०७९



काठमाडौं ।  नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत १० कात्तिक बिहीबार बिहान ११ बजेर ३७ मिनेटमा रहेको जनाएको छ । 

समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलका अनुसार  यमद्वितीय भाइटीका (किजापूजा)को उत्तक साइत कात्तिक १० गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ । 

५ कात्तिक शनिबार यमदीपदान, धन्तेरस, ६ कात्तिक आइतबार काग तिहार र धन्वन्तरी जयन्ती, ७ कात्तिक कुकुर तिहार र लक्ष्मी पूजा, ८ कात्तिक गाईपूजा, ९ कात्तिकमा गोवद्र्धनपूजा, बलीपूजा, हलितिहार, म्हपूजा, गोरूपूजा र नेपाल सम्वत् ११४३ प्रारम्भ हुने समितिले जनाएको छ । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation