४ मंसिर निर्वाचन : मतपत्रको रंग कस्तो हुन्छ ? दुईवटा मतपत्र प्रयोगमा आउने

 अर्थ बुलेटिन   १४ कार्तिक, २०७९



काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आउन अब २० दिन बाँकी छ ।
 
आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा दुईवटा मतपत्र प्रयोगमा आउने निर्वाचन आयोगले जानकारी दिएको छ । 

आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणाालीका लागि मतपत्रमा सेतो पृष्ठभूमिमा रातो रंगको निर्वाचन चिह्न र अन्य विवरण छापिएको हुनेछ । 

यसैगरी दुवै तहकाको समानुपातिक निर्वाचन प्रणालीको लागि मतपत्रमा सेता पृष्ठभूमिमा कालो रंगको निर्वाचन चिह्न र अन्य विवरण छापिएको हुने आयोगले जनाएको छ । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation