

१६ असोज, २०८० | 03 Oct, 2023
एमाले सचिव योगेश भट्टराई २०८ मतान्तरले विजयी
एमाले सचिव योगेश भट्टराई प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । ताप्लेजुङबाट उम्मेदवार बनेका उनले माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई पराजित गरेका हुन् ।
भट्टराईले २१ हजार नौ सय ४३ र बुढाक्षेत्रीले २१ हजार सात सय ३५ मत पाएका छन् । मतगणना सकिए पनि वियजी हुने उम्मेदवारको औपचारिक घोषणा भने गरिएको छैन ।
बुढाक्षेत्रीलाई सत्ता गठबन्धनको समर्थन थियो । भट्टराई २०७४ मा पनि ताप्लेजुङबाटै निर्वाचित भएका थिए । त्यसअघि दुईवटा निर्वाचनमा उनी काठमाडौं ६ बाट पराजित भएका थिए ।
१० हजार मत गन्न बाँकी छदै कांग्रेस महामन्त्री शर्माको जित निश्चित
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले जित सुनिश्चित गरेका छन् । प्रतिनिधिसभा सदस्यतर्फ झापा १ बाट उम्मेदवार बनेको उनले अन्तिम मतपरिणाम नआउँदै जित सुरक्षित गरेका हुन् ।
यहाँ अझै १० हजार नौ सय ४९ मत गन्न बाँकी छ । उनी प्रतिस्पर्धी एमालेका अग्नी खरेलभन्दा १३ हजार तीन सय ९४ मतले अगाडि छन् । शर्माले ३७ हजार तीन सय दुई मत पाएका छन् भने खरेलको मत २३ हजार नौ सय आठ मत छ । यस क्षेत्रबाट ८७ हजार तीन सय ९६ मत खसेको थियो ।
माओवादीलाई पहिलो जित दिलाए सिन्धुलीका राजन दाहालले
यो निर्वाचनमा अपेक्षित नतिजा ल्याउन नसकेको माओवादी केन्द्रले पहिलो जित दर्ता गरेको छ । प्रतिनिधिसभामा सिन्धुली २ बाट माओवादीका लेखनाथ दाहाल राजन विजयी भएका छन् । माओवादीले देशभरका निर्वाचन क्षेत्रमध्ये १६ सिटमा अग्रता बनाएको छ ।
उनले एमालेका उम्मेदवारलाई फराकिलो मतले पराजित गरेका छन् । दाहालले २७५१७ र उनका प्रतिस्पर्धी एमालेका मनोजजंग थापाले २१६८७ मत ल्याए ।राष्ट्रिय स्वतन्त्र पार्टीका अनोजकुमार दाहालले १५५३ र राप्रपाका भिष्मराज श्रेष्ठले १३४० मत ल्याए ।
सिन्धुलीमा सत्तागठबन्धन थियो । सिन्धुली १ मा कांग्रेसले पाएको छ । सो क्षेत्रमा कांग्रेसका श्याम घिमिरेले एमालेका प्रदीप कटुवाललाई पछि पारेका छन् ।
विराजभक्तको विजयी जुलुस (फाेटाे फिचर)