‘महापुरूष’ले ५१औँ दिन पूरा गर्दै

 अर्थ बुलेटिन   १ पौष, २०७९



काठमाडौं । फिल्म ‘महापुरूष’ले प्रदर्शनको ५१औँ दिन पूरा गर्ने भएकाे छ । फिल्मले शनिबार काठमाडौंसहित मोफसलका केही हलहरूमा प्रदर्शनको ५१औँ दिन पार गर्दै छ । नेपालसँगै संयुक्तराज्य अमेरिका, अष्ट्रेलिया, युरोपमा प्रदर्शन भइरहेको फिल्म १ डिसेम्बरदेखि मध्यपूर्वी देशहरू कतार, ओमान, बहराइन र युएईमा समेत प्रदर्शन सुरू गरिसकेको छ । दर्शकबाट पाइरहेको प्रतिक्रियाले फिल्मले ५१औँ दिनको यात्रा पार गर्न लागेको लेखक तथा निर्देशक प्रदीप भट्टराईले बताए ।

‘फिल्म हेर्न आउने दर्शकको सन्तुष्टिले नै यसलाई ५१ दिन पार गराउदै छ । हामीले दर्शकबाट पाएको यो मायालाई व्यक्त गर्ने शब्द छैन’, निर्देशक भट्टराईले भने । अमेरिकाको डलासबाट सुरू भएको प्रदर्शन ‘५१औँ’ दिन पार गर्दै छ । कोरोना भाइरसको महामारीपछि ५१ औँ दिन पार गर्ने यो दोस्रो फिल्म हो । यसले घरेलु बक्स अफिसमै १० करोड बढीको ग्रस कलेक्सन गरिसकेको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation