शाहरुख खानले भने, ‘मुश्किलले एक्सन हिरो बनेको छु’

 अर्थ बुलेटिन   २९ माघ, २०७९



काठमाडौं। बलिउडका बादशाह शाहरुख खानले मुश्किलले एक्सन हिरो बनेको बताएका छन् । बलिउडमा शाहरुखको पठानले धुम मचाईरहेको बेला यस्तो प्रतिक्रिया दिएका हुन । उनले भनेका छन, ‘अरे यार मुश्किलले एक्सन हिरो बनेको छु, तिमी अझै राज (दिलवाले दुल्हनीया ले जाएंगेको हिरो) जस्तै होस भन्ने चाहान्छौ, राज त सबैको घरमा छ ।’

शाहरुख खानका पठानले हिन्दी सिनेमामा अहिलेसम्म झन्डै ९०० करोडको व्यापार गरिसकेको छ । छोटो समयमा यति धेरै रकम संकलन गर्ने रेकर्ड कायम गरेको यशराज फिल्मले जनाउँदै आएको छ ।यसैबिच, शाहरुख खानले अभिनय गरेको दिलवाले दुल्हनिया ले जायंगेलाई पुन: सिनेमा हलमा उतारको छ । भ्यालेन्टाइनको अवसरमा उक्त सिनेमालाई पुन: दर्शक माझ ल्याएको हो । अहिले भारतका ३७ वटा सिनेमा हलमा सो चलचित्र प्रदर्शन भईरहेका छन । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation