आजको मौसमः तीन प्रदेशमा चटयाङसहित बर्षा हुने

 अर्थ बुलेटिन   १८ फागुन, २०७९



काठमाडौं, १८ फागुन । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभावको साथै गण्डकी प्रदेशको पहाडी भू(भागमा स्थानीय वायुको  सामान्य प्रभाव रहेको छ। 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुुसार दिउँसोː प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका  पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। 

प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका  पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका  उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

उता राती भने  देशको पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ

देशका पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहनुका साथै देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा  हल्का हिमपातको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउनु हुनुका साथै  मौसम सूचना तथा पूर्वानुमानमा अद्यावधिक रहन महाशाखाले अनुरोध गरेको  छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस





थप विकास खबर

राति १२ बजेवाट बंगलादेशमा बिधुत निर्यात सुरू, १ अर्ब २९ करोड आम्दानी हुने

राति १२ बजेवाट बंगलादेशमा बिधुत निर्यात सुरू, १ अर्ब २९ करोड आम्दानी हुने


‘मंगलादेवी स्मृति जेष्ठ नागरिक पार्क’ शुभारम्भ (फोटो फिचर)

‘मंगलादेवी स्मृति जेष्ठ नागरिक पार्क’ शुभारम्भ (फोटो फिचर)


नेपालमा पहिलो पटक एशिया प्यासिफिक क्षेत्रको कम्प्युनिटी नेटवर्क एक्सचेञ्ज कार्यक्रम आयोजना हुँदै

नेपालमा पहिलो पटक एशिया प्यासिफिक क्षेत्रको कम्प्युनिटी नेटवर्क एक्सचेञ्ज कार्यक्रम आयोजना हुँदै

जेठयता ११ अर्ब ८० करोड रुपैयाँको विद्युत् निर्यात

जेठयता ११ अर्ब ८० करोड रुपैयाँको विद्युत् निर्यात


दुई दिने स्टार्टअप एण्ड आईडिया फेस्ट सम्पन्न

दुई दिने स्टार्टअप एण्ड आईडिया फेस्ट सम्पन्न


सुरू भयो दुई दिने स्टार्टअप एण्ड आईडिया फेस्ट (फोटो फिचर)

सुरू भयो दुई दिने स्टार्टअप एण्ड आईडिया फेस्ट (फोटो फिचर)


आज देखी भैरहवावाट हङकङ र नयाँदिल्ली उडान सुरु

आज देखी भैरहवावाट हङकङ र नयाँदिल्ली उडान सुरु


नेपालमा करिब १५ लाख ५० हजार हेक्टरमा सिंचाईका पूर्वाधार

नेपालमा करिब १५ लाख ५० हजार हेक्टरमा सिंचाईका पूर्वाधार


बुद्धजयन्तीका अवसरमा स्वयम्भूसहितका स्थानमा दर्शनार्थीको भिड (फाेटाे फिचर)

बुद्धजयन्तीका अवसरमा स्वयम्भूसहितका स्थानमा दर्शनार्थीको भिड (फाेटाे फिचर)



विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation