'दुई नजर'मा पुष्प र केबिकाको रोमान्स

 अर्थ बुलेटिन   २८ फागुन, २०७९



काठमाडौँ । गायक सुरेन गौतम र गायिका बिद्या तिवारीको स्वर रहेको दुई नजर बोलको गीतको भिडियो रिलिज गरिएको छ ।

विष्णुहरि तिवारीको शब्द, विक्रम थापाको संगीत तथा दिनेश श्रेष्ठको एरेन्ज रहेको सार्वजनिक गीतमा नायक तथा मोडल पुष्प खड्का, केबिका खत्री र सुन्दर दासको अभिनय देख्न सकिन्छ ।

प्रेम, रोमान्सले भरिएको दुई नजरमा केबीका र पुष्प गज्जबसँग खुल्दै निकै रोमान्टिक बनेका छन् । विष्णुहरि तिमल्सिनाको सम्पादन, उत्सव दाहालको छायांकन तथा मोडल केबिकाकै कोरियोग्राफी रहेको भिडियो गायक सुरेनकै अफिसियल च्यानलबाट बजारमा आएको हो । जसको निर्माता सृजना श्रेष्ठ हुन् ।

भिडियाे लिंक



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation