डोल्पा अस्पतालको पीडासडक ,पुल नहुँदा बाटो मै बिरामीको हैरानी

 अर्थ बुलेटिन   ९ चैत, २०७९



सुर्खेत । जिल्ला अस्पताल डोल्पामा दुइ वटा एम्वुलेन्स छन्  तर अस्पताल सम्म जान र आउन भने पाउदैनन् ।

अस्पतालको बीचमा भेरी नदी र सडक नहुँदा एम्वुलेन्स भेरी नदी पारी पट्टी थन्क्याउनु पर्ने बाध्यता रहेको छ । दुइ मध्य एक एम्वुलेन्स वर्ष दिन अघि देखि सञ्चालनमा छैन । अर्को एम्वुलेन्सले भेरी नदी पारी पट्टी सम्म मात्र सेवा दिने गर्दछ । झण्डै एक किलोमिटर टाढाको दुरीमा एम्वुलेन्सबाट बिरामी झारेर स्टेचरको माध्यमबाट विरामीलाई अस्पतालसम्म लिने र ल्याउने गरिन्छ । 

स्टेचरमा राखेर बिरामी लिन र  ल्याउन समेत साँघुरो बाटो भएकाले सधैँ मुस्किल हुने गरेको ठुलिभेरी नवराज थापाले बताए । अस्पतालबाट बाहिर लिनका लागि सिफारिस गरिएका बिरामीलाई समेत एम्बुलेन्स सम्म पुर्याउन समस्या हुँदै आएको छ । कतिपय गर्भवतीलाई अस्पतालसम्म ल्याउँदा ,ल्याँउदै बाटोमै सुत्केरीसमेत हुने गरेको डाक्टर सुस्मिता जोसीले बताइन् ।

अस्पताल बिरामी लिन र ल्याउन भेरी नदी बाधक देखिएको छ । भेरी नदीमा पुल निर्माण नहुदा १ किलोमिटर लामो बाटो प्रयोग गरेर स्टेचरको भरमा मुस्किलले अस्पताल सम्म बिरामी पुर्याउने गरिएको डाक्टर जोसीले बताइन् । अहिले झोलोङगे पुलको साहरामा बिरामी तथा यहाँका सर्वसाधारणहरु वाल्लो दुनैबाट पाल्लो दुनै जाने र आउने गरेका छन् ।

साँघुरो बाटो एक किलोमिटर हिडेर अस्पताल सम्म जान र आउन निकै समस्या हुने गरेको छ, हामी समस्य समाधानका लागि प्रयास जारी राखेका छौँ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कमल शाहीले भने । २५ शश्याको नयाँ अस्पतालको निर्माण कार्य जारी रहेको छ । अस्पताल निर्माणका लागि आवश्यक सामग्री लिन समेत समस्या हुँदै आएको बताइएको छ । बिरामी मात्र होइन, अस्पतालमा आवश्यक उपकरण देखि अन्य सामग्री लिन समेत समस्या रहदै आएको छ ।

स्वास्थ्य सेवा कार्यालय वल्लो दुनैमा रहेको छ भने अस्पताल पल्लो दुनैमा रहेको छ । कर्मचारी तथा स्वास्थ्यकर्मीलाइ जान र आउन मात्र आधा घण्टा लाग्छ । अहिले स्वास्थ्य सेवा कार्यालयको माताहातमा जिल्ला अस्पताल रहेको छ । भेरी करिडोर भित्र दुइ वर्ष अघि मात्र डोल्पाको सदरमुकाम दुनै सडक सञ्जालसँग जोडिएको थियो ।

ठुलिभेरी , त्रिपुरासुन्दरी नगरपालिकाबाट ल्याएइका बिरामीले सबै भन्दा बढी सास्ती भोग्दै आएका छन् ।  त्यस्तै तिब्ला सडक लिने भन्दै दुनै बजार नै जोखिममा पर्ने गरी पहाड खोलिदै छ तर अस्पताल जाने र आउने सडक निर्माण तर्फ कसैको पनि ध्यान नगएको भन्दै सर्वसाधारणहरु आक्रोषित भएका छन् । 

हेमन्त केसी, सुर्खेत 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation