अब नेपालमा जडान वा उत्पादन भएका सवारीसाधन दर्ता हुने (सूचनासहित)

 अर्थ बुलेटिन   १४ बैशाख, २०८०



काठमाडौं । नेपालमा जडान वा उत्पादन भएका सवारीासाधन दर्ता गर्न बाटो खुलेको छ । यातायात व्यवस्था विभागले बिहीबार सूचना निकालेर नेपालमा जडान वा उत्पादन हुने सवारीसाधन दर्ता सम्बन्धी विशेष व्यवस्था गरेको जनाएको  छ।

यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० मा संशोधन गर्दै नेपालमा जडान वा उत्पादन भएका सवारी दर्ता सम्बन्धी व्यवस्तथा गरेको विभागले जनाएको छ । 

यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० को दफा ११.१ अन्तर्गत नयाँ बुँदा ११.१.९ थप गरेको हो।  यो व्यवस्थासँँगै अब विदेशबाट पार्टपूर्जा पैठारी गरी नेपालमा जडान हुने वा नेपालमा नै उत्पादन हुने सवारी साधनको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुनः दर्ता र नामसारी लगायतका प्रयोजनका लागि प्रज्ञापनपत्र आवश्यक नपर्ने सार्वजनिक सूचनामा उल्लेख छ । 

यसैगरी, नेपालमा जडान हुने वा उत्पादन हुने सवारीको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुनः दर्ता र नामसारी लयातका कार्यका लागि जडानकर्ता वा उत्पादक कम्पनीले भन्सार प्रज्ञापनपत्रको सट्टा मूल्य अभिवृद्धि कर विजक र प्रचलित कानुन बमोजिम अन्तः शुल्क तिरेको प्रमाण पेस गर्नुपर्ने हुन्छ।

यातायात व्यवस्था विभागको सूचना:



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस





थप विकास खबर

राति १२ बजेवाट बंगलादेशमा बिधुत निर्यात सुरू, १ अर्ब २९ करोड आम्दानी हुने

राति १२ बजेवाट बंगलादेशमा बिधुत निर्यात सुरू, १ अर्ब २९ करोड आम्दानी हुने


‘मंगलादेवी स्मृति जेष्ठ नागरिक पार्क’ शुभारम्भ (फोटो फिचर)

‘मंगलादेवी स्मृति जेष्ठ नागरिक पार्क’ शुभारम्भ (फोटो फिचर)


नेपालमा पहिलो पटक एशिया प्यासिफिक क्षेत्रको कम्प्युनिटी नेटवर्क एक्सचेञ्ज कार्यक्रम आयोजना हुँदै

नेपालमा पहिलो पटक एशिया प्यासिफिक क्षेत्रको कम्प्युनिटी नेटवर्क एक्सचेञ्ज कार्यक्रम आयोजना हुँदै

जेठयता ११ अर्ब ८० करोड रुपैयाँको विद्युत् निर्यात

जेठयता ११ अर्ब ८० करोड रुपैयाँको विद्युत् निर्यात


दुई दिने स्टार्टअप एण्ड आईडिया फेस्ट सम्पन्न

दुई दिने स्टार्टअप एण्ड आईडिया फेस्ट सम्पन्न


सुरू भयो दुई दिने स्टार्टअप एण्ड आईडिया फेस्ट (फोटो फिचर)

सुरू भयो दुई दिने स्टार्टअप एण्ड आईडिया फेस्ट (फोटो फिचर)


आज देखी भैरहवावाट हङकङ र नयाँदिल्ली उडान सुरु

आज देखी भैरहवावाट हङकङ र नयाँदिल्ली उडान सुरु


नेपालमा करिब १५ लाख ५० हजार हेक्टरमा सिंचाईका पूर्वाधार

नेपालमा करिब १५ लाख ५० हजार हेक्टरमा सिंचाईका पूर्वाधार


बुद्धजयन्तीका अवसरमा स्वयम्भूसहितका स्थानमा दर्शनार्थीको भिड (फाेटाे फिचर)

बुद्धजयन्तीका अवसरमा स्वयम्भूसहितका स्थानमा दर्शनार्थीको भिड (फाेटाे फिचर)



विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation