राष्ट्रिय फोटो पत्रकार समूहले प्रधानमन्त्री प्रचण्डलाई बुझायो ७ बुँदे ज्ञापनपत्र

 प्रकाश भट्ट   ३ जेठ, २०८०



काठमाडौं ।  राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपीजे)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ । संस्थाका अध्यक्ष प्रदीपराज वन्तको नेतृत्वको टोलीले बुधबार बिहान प्रधानमन्त्रीलाई भेटी ७ बुँदे ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा नेपालमा विभिन्न संचार गृहहरुमा फोटो पत्रकारिता गर्ने फोटो पत्रकारहरुको हक हितका लागि सरकारका तर्फबाट आवश्यक सहयोग प्राप्त होस् र फोटो संग्राहलयका लागि जग्गा भवन उपलब्ध गराईदिन भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ । 

त्यस्तै 'फोटो पत्रकारिताको माध्यमबाट जिविकाउपार्जन गर्ने सम्पूर्ण पत्रकारहरुको बिमा सुरक्षा र हरेक वर्ष प्रदान गरिने राष्ट्रिय मानपदवी अथवा प्रबल जनसेवाश्री पदकमा फोटो पत्रकार विधा समावेश गरि फोटो पत्रकारहरुलाई पनि योगदानको आधारमा राष्ट्रले सम्मान गरोस्'  ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

त्यस्तै, फोटो पत्रकारहरुलाई व्यवसायिक, मर्यादित बनाउनको लागि विभिन्न ट्रेनिङ दिन वार्षिक रुपमा बजेट नियमित उपलब्ध गराउन र समय अनुसार अपडेट रहन फोटो पत्रकारहरुलाई आवश्यक क्यामेरा किन्न सहुलियत दरमा ऋण उपलब्ध गराउन पनि माग गरेको छ ।

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डलेले फोटो पत्रकारहरुका माग जायज भएको बताउँदै माग पुरा गर्न आफ्नो तर्फबाट सक्दो पहल गर्ने जानकारी दिए । 'मागहरु जायज रहेका छन् त्यति ठूला र गर्न नसकिने माग छैनन् यसको लागि पहल गर्ने प्रतिबद्धता जनाउन चाहन्छु' प्रधानमन्त्री प्रचण्डले भने।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस





थप खबर

बागमती प्रदेशकाे लाइसेन्सं र ब्लु बुक अब नागरिक एपमा

बागमती प्रदेशकाे लाइसेन्सं र ब्लु बुक अब नागरिक एपमा


एप्पलको घोषणाः अब अमेरिकामा बोकिने आइफोनमा लेखिनेछ- मेड इन इन्डिया’

एप्पलको घोषणाः अब अमेरिकामा बोकिने आइफोनमा लेखिनेछ- मेड इन इन्डिया’


अर्थमन्त्री पौडेल र भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

अर्थमन्त्री पौडेल र भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

शिक्षक र सरकार बिच बार्ता असफल, आन्दोलन आज पनि जारी रहने

शिक्षक र सरकार बिच बार्ता असफल, आन्दोलन आज पनि जारी रहने


१७ अर्बको अवैध कारोबार गरेको आरोपमा २१ जना पक्राउ

१७ अर्बको अवैध कारोबार गरेको आरोपमा २१ जना पक्राउ


गगन थापासँग प्रधानमन्त्री आक्रोशित, बेडरुमसम्म बिचौलियाको पहुँच भएकाे प्रमाण दिन दिए चुनाैती

गगन थापासँग प्रधानमन्त्री आक्रोशित, बेडरुमसम्म बिचौलियाको पहुँच भएकाे प्रमाण दिन दिए चुनाैती


नेपाललाई “माउन्टेन लिडरसिपको इन्टरनेश्नल केन्द्र’ बनाउः एकनाथ ढकाल

नेपाललाई “माउन्टेन लिडरसिपको इन्टरनेश्नल केन्द्र’ बनाउः एकनाथ ढकाल


बानेश्वरमा शिक्षक र प्रहरीबिच भिडन्त, प्रहरीले फाल्यो पानीको फोहोरा

बानेश्वरमा शिक्षक र प्रहरीबिच भिडन्त, प्रहरीले फाल्यो पानीको फोहोरा


महिना दिन भयो रबिन्द्र मिश्र थुनिएको, आज फेरी अदालत लगिदैँ

महिना दिन भयो रबिन्द्र मिश्र थुनिएको, आज फेरी अदालत लगिदैँ



विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation