ठुलीपोखरीमा तारबार सम्पन्न२५ सय माछाको भुरा छाडियो

 प्रकाश भट्ट   १० असार, २०८०



पोखरा । बर्षौदेखि जोखिमपूर्ण अवस्थामा रहेको पोखरा महानगपालिका वडा नं. ५ स्थित "ठुली पोखरी" मा तारबार गरीएको छ । 

वालवालिकाहरु पानीमा खेल्ने क्रममा हालसम्म २२ जनाले ज्यान गुमाईसकेको  पोखरीमा पोखरा महानगरपालिकाको लगानीमा "ठुली पोखरी संरक्षण उपभोक्ता समिति" ले तारबार सम्पन्न गरेको उपभोक्ता समितिका सचिव धनञ्जय पौडेलले बताउनुभयो । 

पोखरी तारबारवाट आकस्मिक जोखिमवाट वालवालिका जोगाउन सकिए पनि त्यसमा भरिने पानीवाट वरपरका वस्तिहरुमा डुवानको समस्या यथाबतै रहेकोले तत्काल पानी निकासका लागि कुलो वा नहर निर्माण आवश्यक रहेको सचिव पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “पोखरी वरपरको क्षेत्रमा पछिल्लो समय घना वस्ति विकास भएको छ । यो क्षेत्रलाई जोगाउनका लागि पोखरीको तारबारसंगै यसको ओभरफ्लो पानी निकासका लागि कुलो निर्माण गर्नुपर्ने थियो तर योजना बनाउदा अधुरो बन्यो । यसले, एउटा समस्या समाधान भएपनि अर्को समस्या भने यथावतनै रहेको छ । तसर्थ, स्थानीय सरकार तथा प्रदेश सरकारको ध्यान त्यतातिर पुग्नुपर्ने आवश्यकता छ ।”

लागत अनुमान ९ लाख १८ हजार ४०४ रुपैयामा तारबार कार्य आरम्भ गरीएको १०.५ रोपनी क्षेत्रफलमा फैलिएको ठुली पोखरीको निर्माण कार्य भने जम्मा ८ लाख ४५ हजार ६२६ रुपैयामा सम्पन्न गरिएको समितिका कोषाध्यक्ष आशामाया विकले बताउनुभयो ।

स्थानीय स्तरमा “खुडे पोखरी” को नामले परिचित यो पोखरीमा तारबारसँगै संरक्षणमा दिगोपनका लागि २५ सय माछाको भुरा समेत छोडिएको समितिका अध्यक्ष अञ्जु केसीले बताउनुभयो । उहाँका अनुसार हाल उपभोक्ता समितिको रेखदेखमा माछा व्यवस्थापन गर्ने गरी भुरा छोडिएको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation