रविना टण्डनकी छोरी पनि फिल्ममा, अजय देवगनसँग डेब्यु गर्दै

 अर्थ बुलेटिन   १७ असार, २०८०



मुम्बइ, १७ असार । बलिउड अभिनेत्री रविना टण्डनकी छोरी राशा थडानी पनि फिल्ममा डेब्यु गर्न तयार छिन् । 

आमाजस्तै सुन्दर र निर्दोष देखिने राषा अब चलचित्रमा आफ्नो आकर्षण देखाउन तयार छिन् । राशा थडानी निर्देशक अभिषेक कपुरको फिल्मबाट डेब्यु गर्दैछिन् । हालै राशालाई उनको अफिस बाहिर देखियो, त्यसपछि यस विषयमा चर्चा सुरु भयो तर अब राशाले अभिषेक कपुरको फिल्मबाट बलिउडमा डेब्यु गर्दैछिन् भन्ने पुष्टि भएको छ ।

रस थडानीको यो डेब्यु फिल्म एक्सन–एड्भेन्चर फिल्म हुनेछ, जसको छायांकन छिट्टै सुरु हुँदैछ । यस फिल्मबाट अजय देवगनका भतिजा अमन पनि राषासँग डेब्यु गर्दैछन् । फिल्ममा अजय देवगन पनि रहने बताइएको छ । फिल्मको नाम भने खुलाइएको छैन तर सन् २०२४ को फेब्रुअरी–मार्चसम्ममा रिलिज हुने बताइएको छ । समाचार अनुसार यो ९ फेब्रुअरी २०२४ मा रिलीज हुन सक्छ।

राशि थडानी भर्खर १८ वर्षकी भएकी छिन् र उनले यसै वर्ष स्नातक गरेकी छिन् । राशा राम्रो डान्सर पनि हुन् । आमा रविना टण्डनसँगको उनको तस्बिर सामाजिक सञ्जालमा प्रायः देखी नै रहन्छ । अमनको कुरा गर्दा उनी अजय देवगनकी बहिनी नीलमका छोरा हुन् । अमनलाई अभिनयको मन छ र उनी चलचित्रमा काम गर्न चाहन्छन् । अभिषेक कपुरले यी दुबै स्टार किड्सलाई लन्च गर्ने जिम्मेवारी लिएका छन् । 

यसअघि अभिषेकले सारा अली खानलाई फिल्म केदारनाथमा लन्च गरेका थिए ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation