

२६ बैशाख, २०८२ | 09 May, 2025
काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। सोमबार प्रधानमन्त्री दाहाल र राष्ट्रपति पौडेलबीच शितल निवासमा भेटवार्ता भएको हो।
प्रधानमन्त्री दाहालले आसन्न अमेरिका र चीन भ्रमणबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका हुन्। प्रधानमन्त्रीले राष्ट्रपतिसँगको भेटमा संयुक्त राष्ट्रसंघको महासभामा सहभागीता र चीन भ्रमणका बारेमा जानकारी गराएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल भएको थियो। यसअघि गत साउन २५ गते पनि प्रधानमन्त्री दाहाल र राष्ट्रपति पौडेलबीच भेटवार्ता भएको थियो।