कागबेनी बस्ती पुनर्निर्माण सरकारको प्राथमिकतामाः गृहमन्त्री श्रेष्ठ

 अर्थ बुलेटिन   १९ भदौ, २०८०



काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाढीका कारण क्षति पुगेको मुस्ताङको कागबेनी बस्ती पुनर्निर्माणको कामलाई सरकारले प्राथमिकता दिने बताएका छन्। गत साउन २८ गते कागखोलाको बाढीले प्रभावित बनेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनी बस्तीको आज स्थलगत निरीक्षण गर्दै उनले भने- ‘ऐतिहासिक पर्यटकीय तीर्थस्थल कागबेनीको बस्ती पुनर्निर्माणको कामलाई सरकारले महत्त्वका साथ अघि बढाउँछ।’

सङ्घीय, प्रदेश र स्थानीय सरकारको सहकार्यमा बाढीका कारण क्षति पुगेका भौतिक संरचनाको पुनर्निर्माण गरिने गृहमन्त्री श्रेष्ठले बताए।  कालीगण्डकी नदीको बगरमा थुप्रिएको नदीजन्य वस्तुका कारण उत्पन्न जोखिम तथा क्षति न्यूनीकरण गर्दै बस्तीलाई सुरक्षित बनाउने विषयमा ढङ्गले छलफल गरिने उनले बताए। प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न चीन भ्रमणका क्रममा कोरला नाका सञ्चालनको विषयलाई पनि छलफलको विषय बनाइने गृहमन्त्री श्रेष्ठले बताए।

‘कोरला नाकालाई चीन र नेपालबीचको व्यापारिक नाकाका रूपमा कसरी सञ्चालन गर्ने भन्ने विषयमा सरकारले गम्भीरताका साथ पहल गर्नेछ,’ उनले भने ‘बेनी-जोमसोम-कोरला सडकमा बाह्रैमास यातायात सञ्चालनको व्यवस्था मिलाउन लागिपरेका छौं।’

क्षतिग्रस्त सडक, पुल, खानेपानी, विद्युत् र सिँचाइ आयोजना पुनर्निर्माणको काम तत्काल अघि बढाइने उनको भनाइ थियो ।  गृहमन्त्री श्रेष्ठले बाढीले क्षति गरेको कागबेनीको बस्तीको निरीक्षणका साथै स्थानीय तह, प्रशासन र सुरक्षा निकायका अधिकारीसित छलफल गरेका थिए। कागखोलाको बाढीबाट एक अर्बभन्दा बढी रुपैयाँको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ। नगद सामान र संरचनामा मात्र ८१ करोड ८३ लाख रुपैयाँ बराबरको क्षति भएको छ। 

सडक, मोटरेबल पुल, झोलुङ्गे पुल, गुम्बा, मन्दिर धर्मशाला, सामुदायिक भवन, प्रहरीचौकीको भवन, तटबन्धनलगायत भौतिक पूर्वाधारतर्फ २१ करोड दुई लाख रुपैयाँ बराबरको क्षति पुगेको तथ्याङ्क छ। स्थानीयका ५० घरमा रु ५२ करोडभन्दा बढीको क्षति भएको पालिकाले जनाएको छ। बाढीबाट २९ घरमा पूर्ण क्षति तथा १५ घरमा आंशिक क्षति पुगेको थियो भने बाढीले बगाउँदा २४ पशुचौपाया मरेका थिए।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस





थप खबर

बागमती प्रदेशकाे लाइसेन्सं र ब्लु बुक अब नागरिक एपमा

बागमती प्रदेशकाे लाइसेन्सं र ब्लु बुक अब नागरिक एपमा


एप्पलको घोषणाः अब अमेरिकामा बोकिने आइफोनमा लेखिनेछ- मेड इन इन्डिया’

एप्पलको घोषणाः अब अमेरिकामा बोकिने आइफोनमा लेखिनेछ- मेड इन इन्डिया’


अर्थमन्त्री पौडेल र भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

अर्थमन्त्री पौडेल र भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

शिक्षक र सरकार बिच बार्ता असफल, आन्दोलन आज पनि जारी रहने

शिक्षक र सरकार बिच बार्ता असफल, आन्दोलन आज पनि जारी रहने


१७ अर्बको अवैध कारोबार गरेको आरोपमा २१ जना पक्राउ

१७ अर्बको अवैध कारोबार गरेको आरोपमा २१ जना पक्राउ


गगन थापासँग प्रधानमन्त्री आक्रोशित, बेडरुमसम्म बिचौलियाको पहुँच भएकाे प्रमाण दिन दिए चुनाैती

गगन थापासँग प्रधानमन्त्री आक्रोशित, बेडरुमसम्म बिचौलियाको पहुँच भएकाे प्रमाण दिन दिए चुनाैती


नेपाललाई “माउन्टेन लिडरसिपको इन्टरनेश्नल केन्द्र’ बनाउः एकनाथ ढकाल

नेपाललाई “माउन्टेन लिडरसिपको इन्टरनेश्नल केन्द्र’ बनाउः एकनाथ ढकाल


बानेश्वरमा शिक्षक र प्रहरीबिच भिडन्त, प्रहरीले फाल्यो पानीको फोहोरा

बानेश्वरमा शिक्षक र प्रहरीबिच भिडन्त, प्रहरीले फाल्यो पानीको फोहोरा


महिना दिन भयो रबिन्द्र मिश्र थुनिएको, आज फेरी अदालत लगिदैँ

महिना दिन भयो रबिन्द्र मिश्र थुनिएको, आज फेरी अदालत लगिदैँ



विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation